English

पाइलट र को–पाइलटहरूलाई किन खुवाइन्छ अलग–अलग खाना ?



हवाईजहाज उडाउनको बेला जहिले पनि दुई जना पाइलट हुन्छन् । विमानमा दुई पाइलट राख्नुको सबैभन्दा ठूलो कारण यात्रुको सुरक्षा हो, तर तपाईंलाई थाहा नहुन सक्छ कि विमानका दुई पाइलटलाई सधैँ छुट्टाछुट्टै खाना दिइन्छ । उनीहरूलाई एउटै खाना कहिल्यै दिइँदैन ।

दुवै पाइलटलाई छुट्टाछुट्टै खाना खुवाइन्छ

सन १९८४ मा कन्कोर्ड सुपरसोनिक उडान लन्डनबाट न्युयोर्क जाँदै थियो । यो विमानमा एउटा अचम्मको घटना घट्यो । यो उडानमा जम्मा १२० यात्रु सवार थिए । सबै यात्रु र चालक दलका सदस्यहरूलाई एउटै खाना दिइयो । तर, त्यो खानामा केही गडबड थियो । जसबाट सबैलाई फुड पोइजनिङको सिकार भएका थिए । त्यसपछि, सबैलाई बान्ता, ज्वरो र झाडापखाला लागेको थियो । विषाक्त खानाका कारण एक यात्रुको पनि मृत्यु भएको छ ।

यो उडानमा दुवै पाइलटले निकै समसयाको सामना गर्नुपरेको थियो । अहिले यस्ता घटनाबाट बच्नको लागि निकै सतर्कता अपनाउन थालिएको छ । त्यसैले, एउटै उडानका पाइलट र को–पाइलटलाई एउटै खाना नदिई दुवैलाई फरक फरक खाना खुवाइन्छ ।

यदि, फुड पोइजनिङको सम्भावना देखिए पनि दुवैमा कम्तीमा एक जना पाइलट सुरक्षित भएर यात्रुलाई सकुशल लैजान सकोस भनेर फरक फरक खाना खुवाइन्छ । सी एनएनले एक कोरियाली पाइलटको अन्तर्वाता लिए । जसमा पाइलटले फुड पाइजनिङबाट बच्नका लागि पाइलटलाई छुट्टाटट्टै खाना खुवाउने गरेको बताएका थिए ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested