English

पाइलट र को–पाइलटहरूलाई किन खुवाइन्छ अलग–अलग खाना ?



हवाईजहाज उडाउनको बेला जहिले पनि दुई जना पाइलट हुन्छन् । विमानमा दुई पाइलट राख्नुको सबैभन्दा ठूलो कारण यात्रुको सुरक्षा हो, तर तपाईंलाई थाहा नहुन सक्छ कि विमानका दुई पाइलटलाई सधैँ छुट्टाछुट्टै खाना दिइन्छ । उनीहरूलाई एउटै खाना कहिल्यै दिइँदैन ।

दुवै पाइलटलाई छुट्टाछुट्टै खाना खुवाइन्छ

सन १९८४ मा कन्कोर्ड सुपरसोनिक उडान लन्डनबाट न्युयोर्क जाँदै थियो । यो विमानमा एउटा अचम्मको घटना घट्यो । यो उडानमा जम्मा १२० यात्रु सवार थिए । सबै यात्रु र चालक दलका सदस्यहरूलाई एउटै खाना दिइयो । तर, त्यो खानामा केही गडबड थियो । जसबाट सबैलाई फुड पोइजनिङको सिकार भएका थिए । त्यसपछि, सबैलाई बान्ता, ज्वरो र झाडापखाला लागेको थियो । विषाक्त खानाका कारण एक यात्रुको पनि मृत्यु भएको छ ।

यो उडानमा दुवै पाइलटले निकै समसयाको सामना गर्नुपरेको थियो । अहिले यस्ता घटनाबाट बच्नको लागि निकै सतर्कता अपनाउन थालिएको छ । त्यसैले, एउटै उडानका पाइलट र को–पाइलटलाई एउटै खाना नदिई दुवैलाई फरक फरक खाना खुवाइन्छ ।

यदि, फुड पोइजनिङको सम्भावना देखिए पनि दुवैमा कम्तीमा एक जना पाइलट सुरक्षित भएर यात्रुलाई सकुशल लैजान सकोस भनेर फरक फरक खाना खुवाइन्छ । सी एनएनले एक कोरियाली पाइलटको अन्तर्वाता लिए । जसमा पाइलटले फुड पाइजनिङबाट बच्नका लागि पाइलटलाई छुट्टाटट्टै खाना खुवाउने गरेको बताएका थिए ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये