English

विमानमा अनिवार्य मापदण्डको नयाँ नियम



सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ । कोरोना संक्रमितको बढ्दै गएपछि मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।

नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्य रुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।

यसैगरी, सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुहरूको एन्टिजेन परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने मन्त्रिपरिषद्को निर्णय छ ।
यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती