English

विमानमा अनिवार्य मापदण्डको नयाँ नियम



सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ । कोरोना संक्रमितको बढ्दै गएपछि मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।

नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्य रुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।

यसैगरी, सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुहरूको एन्टिजेन परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने मन्त्रिपरिषद्को निर्णय छ ।
यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested