English

ड्युटी सकिएको भन्दै पाइलटले बीच बाटोमै विमान उडाउन नमान्दा…



पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तानी इन्टरनेसनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट इस्लामाबाद उड्नुपर्ने थियो ।

यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गराउनुपर्यो ।

मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र यसमा आफ्नो विरोध जनाए ।

अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।

पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्युनसँगको कुराकानीमा भने, ‘सुरक्षित रुपमा विमान उडाउनु अघि पाइलटले पर्याप्त मात्रामा आराम गरेको हुनुपर्छ, त्यसैले यसैअनुरुप बन्दोबस्त मिलाइएको थियो ।’

ती प्रवक्ताले विमानका यात्री त्यसै दिन बेलुका ११ बजे इस्लामावाद पुगेको पनि जानकारी दिए ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested