English

ड्युटी सकिएको भन्दै पाइलटले बीच बाटोमै विमान उडाउन नमान्दा…



पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तानी इन्टरनेसनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट इस्लामाबाद उड्नुपर्ने थियो ।

यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गराउनुपर्यो ।

मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र यसमा आफ्नो विरोध जनाए ।

अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।

पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्युनसँगको कुराकानीमा भने, ‘सुरक्षित रुपमा विमान उडाउनु अघि पाइलटले पर्याप्त मात्रामा आराम गरेको हुनुपर्छ, त्यसैले यसैअनुरुप बन्दोबस्त मिलाइएको थियो ।’

ती प्रवक्ताले विमानका यात्री त्यसै दिन बेलुका ११ बजे इस्लामावाद पुगेको पनि जानकारी दिए ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो