राजको यात्रा : हङकङबाट हिमालसम्म
राज सफल भए हङकङेलीहरुमा सगरमाथा चढ्ने उनी पहिलो नेपाली हुनेछन् ।
‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै मेल खान्छ । स्याङ्जामा जन्मेका राजको पढाईलेखाई र हुर्काई भारतको देहरादूनमा भयो । स्कुल पढ्दै उनी हाइकिङ क्याम्पिङ लगायतका कार्यक्रममा निरन्तर सहभागी हुन्थे । हाइकिङमा उनलाई सानैदेखि रुचि थियो । देहरादूनबाटै उनी हङकङ लागे । व्यापार व्यवसायमा रमाए । दुई दसक बढी समय बितिसकेछ । यसबिच उनले धेरै देश भ्रमण गरे । तर जन्मभूमि टेक्ने अवसर भने कहिल्यै जुरेन । कोभिडको कहर केही मन्थर भएपछि उनलाई नेपाल घुम्ने रहरले कुतकुताएछ । प्रकृतिप्रेमी उनी नेपाल आए । यहाँको प्राकृतिक सौन्दर्य नियाले । यसले उनलाई यतिविध्न मोहित पारेछ कि एकैवर्षमा उनी तीनपटक नेपाल भ्रमण गरे ।

यसैछेक उनले एभरेष्ट बेसक्याम्प लगायत थ्री पासेस ट्रेक सम्पन्न गरे । जसले उनमा ट्रेकिङ र क्लाइम्बिङको भोक जगायो । अब उनले आल्याण्ड पिक चढ्ने निधो गरे । काठमाडौँस्थित ट्रेकिङ एजेन्सीलाई यसबारे जिज्ञासा राख्दा तपाईले सक्नुहुन्न भन्ने जवाफ फर्काए । तर उनी यसबाट रत्ती धरमराएनन । किनकी उनमा हिमालको भोक जो जागिसकेको थियो । अन्नतः गतवर्ष उनले ६,१६५ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरी छाडे । ‘चुचुरोमा पुग्दा अन्यन्तै मज्जा आयो, त्यहाँबाट ३६० डिग्री कोणमा हिमाल देखिदोरहेछ, उनी हौँसिदे बोले, ‘अनि त्यो भन्दा अग्लो हिमाल चढ्छु भन्ने सोच आयो ।

अब राजले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल चढ्ने योजना बनाए । यसैक्रममा उनको किर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पासँग भेट भयो । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा अनेकौ किर्तिमान बनाएका फूर्वाले ड्रिमर्स डेस्टिनेसन नामक कम्पनी चलाइरहेका छन् । राजको सपनालाई उनको लक्ष्यसम्म पुर्याउने जिम्मा अब फूर्वाको काँधमा आयो । फुर्वाले राजलाई सगरमाथा पहिले अत्यन्तै टेक्निकल मानिएको ६,८१२ मिटर अग्लो आमादबल्म हिमाल चढ्न सुझाए । हालै त्यहाँबाट फर्किएर कर्मथलो हङकङ तर्फ उडेका उनले आगामी अक्टोबरमा मनास्लु र अर्कोवर्ष संसारकै अग्लो हिमाल सगरमाथा चढ्ने सपना बुनेका छन् । यो सफल भए हङकङेली नेपालीहरुमा सगरमाथा चढ्ने उनी पहिलो र एक्ला हुनेछन् । यिनको सपना यत्तिमै सकिदैन । ‘त्यसपछि सातै महादेशको ७ अग्ला हिमाल चढ्ने मेरो लक्ष्य छ ।’, उनले जोसिदै भने ।

आखिर उनी के का लागि हिमाल चढ्न मरिहत्ते गरिरहेछन् ? प्रश्न भुँईमा खस्न नपाउँदै उनी बोले, ‘कसैलाई रक्सी, कसैलाई चुरोट, कसैलाई ड्रग्सको नशा लागेझै मलाई हिमालको नशा लाग्यो’, उनले थपे, ‘म केवल मेरो आत्मसन्तुष्टीका लागि यो सबै गरिरहेको छु ।’ त्यसो त आफुहरुले गर्न नसकेको काम राजले गरिरहेको भनी उनलाई हौंस्याउने साथीभाईहरु पनि मनग्य छन् । सगरमाथा चुम्ने सपना बोकेका राज नियमित जसो ट्रेकिङ र दिनहुँ १५ देखि २० किलोमिटर हिडने गर्छन । महिनौपिच्छे हुने आम्दानीको केही रकम हिमाल चढ्नै छुट्टयाउने गरेका छन् । ३६ हजार बढी सदस्य रहेको हङकङ हाइकिङ मिट अप ग्रुपमा पनि आबद्ध छन् उनी । हिमाल चढ्न शारीरिक र मानसिक रुपमा मात्र बलियो भएर पुग्दैन, मनग्य धन सँगै प्रयाप्त समय पनि चाहिन्छ । ‘मेरो परिवारका सदस्यहरु लाइफलाई जोखिममा पारेर किन समय र पैसा बर्बाद गरिरहेछौं पनि भन्नुहुन्छ,’ ‘तर हिमालको भोक जागिसकेपछि छोड्न नसकिदोरहेछ’, उनले अनुहार उज्यालो पार्दै भने ।













uu88
UU88 Là đại lý trực tuyến uy tín, được cấp phép bởi nhà cái UU88, nền tảng mang đến đa dạng trò chơi như thể thao, casino live, đá gà,... Giao diện thân thiện, dễ sử dụng cùng nhiều khuyến mãi hấp dẫn được cập nhật thường xuyên. UU88 cam kết công bằng, minh bạch và hỗ trợ khách hàng 24/7. Thương hiệu: UU88 Website: https://qfk.io/ Sđt: 0784562283 Địa chỉ: 22 Nguyễn Thị Nhung, Hiệp Bình Phước, Hiệp Bình, Hồ Chí Minh 700000, Việt Nam Email: [email protected] Hastag: #uu88 #linkuu88 #trangchuuu88 #uu88_com #dangky_uu88