English

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको भकुण्डे (भिडियो पनि)



एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल हुन आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना, धार्मिक तथा सांस्कृतिक पक्ष र दृश्यावलोकन । यी नै कुराले सम्पन्न छ बागलुङ नगरपालिका १० स्थित भकुण्डे । मगर जातिको बाहुल्य रहेको भकुण्डेमा यानीमाया, सालैजो, झ्याउरे पञ्चेबाजालगायत लोक सङ्गीतको मनोरञ्जनसमेत लिन सकिन्छ ।

यस्तै भकुण्डेमा ताल देखि भ्यूटावर सम्म र सङ्ग्रहालय देखि उद्यान सम्म छ । भकुण्डेको मध्य भागमा छ सुन्दर बराह ताल छ । बराह तालको बीचमा रहेका आकर्षक रुखहरूले तालको थप सुन्दरता थपेका छन्, र थप आश्चर्यचकित पारेका छन्। बराह तालमा पर्यटकको माग अनुसार डुङ्गा समेत शयर गर्न पनि सकिन्छ । तालको छेउबाटै बागलुङ बजारको दृश्य समेत अवलोकन गर्न सकिन्छ । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको यस ताल पहिले अलि माथि रहेको र खेत रोप्ने क्रममा २२ हल गोरु र बाउँसेहरुसँगै भासिएर ताल तल सरेको किंवदन्ती रहेको स्थानीय सोम बहादुर थापा मगरले बताए । तालको सिरानमा बराह मन्दिर पनि छ, त्यहाँको बराह देवताले मनोकामना पुरा गरिदिने जनविश्वास रही आएको छ ।

भकुण्डे स्थित मुलावारीमा हिराताल समेत छ । सोही तालको शिरमा भकुण्डे भ्यू टावर छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको भ्यू टावरबाट देखिने सूर्योदयले थप आकर्षण थपेको छ । टावरबाट धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत दर्जनौँ हिमशृङ्खलाका साथै बागलुङ बजार, पर्वतको कुस्मा र म्याग्दीको बेनीको दृश्य समेत देख्न सकिन्छ। भकुण्डेबाट केही बेरको पदयात्रामै बागलुङको वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वले सम्पन्न भकुण्डेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । यहाँ जानको लागि काठमाडौँदेखि पोखरासम्म २०० किमीको यात्रा गर्न सकिन्छ भने पोखरादेखि बागलुङ बजार ७२ किमीको यात्रापश्चात् पुगिन्छ । बागलुङ बजारबाट जिप वा बाइकमा करिब एक घण्टाको यात्रामा सजिलै भकुण्डे गाउँ पुग्न सकिन्छ। त्यस्तै बागलुङ बजारदेखि सालबोट, सिमलपात, आरुपात हुँदै करिब दुई घण्टाको पैदल यात्रामा भकुण्डे बराह ताल पुग्न सकिन्छ । यहाँ बस्नको लागि होम स्टेहरूको व्यवस्था छ ।






भिडियो :

यो पनि…
मनमोहक नारच्याङ झरना (भिडियो पनि)
मनै लोभ्याउने बराह ताल (भिडियो पनि)
रारा कि अप्सरा (भिडियो पनि)
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested