धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
म्याग्दी जिल्लाको धारापानी गाउँ निकै सुन्दर छ । धौलागिरि हिमालको काख, मालिका देवताको छत्रछायामा रहेको यस गाउँ पर्यटकीय स्थल पनि हो । यहाँको जनसङ्ख्या करिब दुई हजार देखि २५०० सम्म छ । यहाँ ३६० घरधुरी रहेका छन् ।

यहाँ क्षेत्री, ब्राह्मण, मगर तथा दलित समुदायको बसोबास छ । थापा राजाले ताकम कोटमा तीन सय वर्ष लामो राज्य गरेका थिए । त्यही सिलसिलामा यस गाउँमा धेरै थापा क्षेत्रीको बस्ती बसेको भन्ने भनाइ छ । यहाँ निशान कालिका थान थापा मन्दिर, भगवती थान, शिव मन्दिर, कमलजैशी थान, बगराज थानलगायत थुप्रै धार्मिक स्थलहरू रहेका छन् । टाढा टाढाबाट पनि त्यहाँ पूजा गर्न आउँछन् ।

धारापानीबाट गुर्जा हिमाल, चुरे, धौलागिरि लगायतका हिमाल आँखै अगाडी देखिन्छन् । त्यही बाटो भएर धौलागिरि बेसक्याम्प पनि पुगिन्छ । त्यहाँबाट बिम, मल्कबाङ, मराङ, खिबाङ लगायतका आधा दर्जनभन्दा बढी गाउँहरू अवलोकन गर्न सकिन्छ । यहाँ अल्लोको कपडाहरू पनि उत्पादन गरिन्छ । यहाँका प्राय युवायुवती अमेरिका, न्युजिल्यान्ड, जापान, युके लगायतका देशमा छन् ।

प्राकृतिक रूपले अत्यन्तै सुन्दर यस गाउँमा १३० देखि २०० वर्ष पुरानो घरहरू भेटिन्छन् । भविष्यमा पनि त्यस्तै टिपिकल घर निर्माण गर्ने र त्यसलाई संरक्षण गर्ने यहाँका स्थानीयहरू बताउँछन् ।

धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र आत्मीयताले भरिपूर्ण यस ठाउँमा राजधानी काठमाडौँबाट सदरमुकाम बेनी, दरबाङ्ग हुँदै करिब १२ घण्टाको यात्रामा धारापानी गाउँ पुगिन्छ ।










भिडियो :
यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
स्तरीय समय बिताउने ठाउँ ‘चन्द्रागिरि हिल्स’ (फोटो फिचर)










Nassau Airport to Atlantis private transfer
Heading to Atlantis after your flight? A dependable Nassau Airport to Atlantis transfer helps simplify the journey from the airport to your resort. With Nassau Airport to Atlantis transportation, private airport transfer to Atlantis Bahamas, and Atlantis resort transportation available, travelers can plan ahead.