English

बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)



चारैतिर हरियाली, बीचबाट छङ–छङ बग्ने कञ्चन झरना, अग्लो ठाउँबाट झरेको पानी निकै मनमोहक तथा सुन्दर दृश्य ! यो हो रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरना । यस झरनालाई दुई फरक स्थान बाट फरक–फरक दृश्यावलोकन गर्न सकिन्छ । पिँधबाट झरना झरेको सुन्दर दृश्य देखिन्छ भने झरनाको शिरबाट त्यहाँ वरिपरिको सम्पूर्ण दृश्य देख्न सकिन्छ ।

करिब दुई वर्ष अघिसम्म भांगे झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त झरना हेर्न र रमाउन आउने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । तलबाट माथि हेर्दा बाहुबली फिल्ममा देखाइने झरना जस्तै भएकाले भांगे झरनालाई ‘बाहुबली झरना’ पनि भनिन्छ ।

विशेष गरी बर्षायाम सुरु भएदेखि अर्थात् असारदेखि यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दछ । यो समयमा झरनाको सुन्दरता हेर्न दिनहुँ मानिसहरू आउने गर्दछन् । तर बिदाको दिन भने झरना हेर्नेको भिड थामिनसक्नु हुने गरेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । झरना हेर्न छिमेकी जिल्ला नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ चितवन, गोर्खा, मकवानपुरलगायतबाट पनि आउँछन् । झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरू पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् ।

नेपाल–चीनको अन्तर्राष्ट्रिय सडक बेत्रावती–मैलुङ–स्याफ्रुबेशीमा पर्ने भांगे झरना सडकको मैलुङ नजिक पर्दछ । झरना बेत्रावती बजारबाट करिब ५ किमीको दुरीमा उत्तरतर्फ पर्दछ । राजधानी काठमाडौँदेखि करिब ४ घण्टाको यात्रामा यस झरनामा पुग्न सकिन्छ । यहाँ खान बस्नको लागि स–साना होमस्टे सञ्चालन गरिएको छ ।

भिडियो :

यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested