धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)



पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकमकोट मन्दिरमा भव्य पूजाआजाका साथ कालरात्रि मनाइन्छ । जगन्नाथ–अन्नपूर्ण शक्तिपीठ हुन् । यहाँ अन्नपूर्ण जगन्नाथ, नर्सिङ्ग, ओदान, ठेलो, ढाल तरबार, आलम, कलङ्की, भुवानी, श्री जयन्ती, राजभूमे, राज बराह, देवी, कालिका मालिका, जाल्पा, नाग नगिनी, खलङ्गा, दिम्ब गरी करिब २२ वटा देवीदेवताको पूजा गरिन्छ । यहाँ राँगा, बोका, साँध, परेवा र फर्सीको पञ्चबली दिने चलन छ । विशेषतः यहाँ बडा दसैँ र शनिवार तथा मङ्गलवार भिड लाग्छ ।

ताकमकोटमा सबभन्दा शक्तिपीठ भएको ओदान देवतालाई मानिन्छ । त्यहाँ गएर भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने जनविश्वास छ । आलम देवता– आलम भनेको झन्डा हो । तत्कालीन राजाले पुरोहितलाई राखेर आफूलाई सुहाउने रङ्ग र ढाँचाअनुसार झन्डा निर्माण गरे । उक्त झन्डालाई विधिवत रूपबाट मच्छिमेलले ठडाउने र काफल डाँडालाई स्याहार्ने जिम्मा दिइएको छ । देशभरमा दुर्गा माताको विधिवत पूजा ताकमकोटमा नै हुने स्थानीयहरूको दाबी छ ।

ताकमकोटमा थापा राजाहरूले तीन सय वर्ष लामो राज्य चलाएका थिए । थापा राजाभन्दा अघि रंगु राजाहरूले राज्य चलाउँथे । रंगु राजा पुन मगरहरू थिए, जसका पुस्ताहरूलाई अहिले रङ्के पुन मगर भनिन्छ । ताकमको धुरीबोट भन्ने ठाउँमा मुख्य दरबार थियो । यहाँको फाँटमा थापा राजाको सैनिकहरू तालिम र अभ्यास गर्दथे । त्यहाँ दरबारका अवशेष र राजाको पालामा खनिएका सुरुङ अझै पनि छन् । प्राचीन इतिहास झल्काउँछ ताकमकोटले। यहाँको एक भवनमा पुराना हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको छ भने बाहिर खुला आकाशमुनि ओदान छ ।

थापा राजाले राज्य चलाउनुको पनि छुट्टै किंवदन्ती छ । रङ्गु राजाले राज्य चलाउँदै गर्दा केही अशुभ हुँदै गएपछि ज्योतिषलाई हेराएपछि ज्योतिषले ‘पश्चिम दिशामा राजा खोज्न जानु त्यहाँ तीन जना मान्छे सुतेका हुनेछन्, बीचमा टाउको माथि सर्काएर सुतेको मान्छेलाई तानेर ल्याउनु राज्यमा शुभ हुनेछ,’ भने । सोही बमोजिम खोजेर ल्याएका राजा थापा राजा थिए भन्ने किंवदन्ती छ ।

विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा एकीकृत गरेको थियो । नेपाल राज्यमा विलीन हुनु अघि थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गर्थ्यो ।

प्राकृतिक हिसाबले समेत ताकमकोट मनमोहक छ । त्यहाँबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथीदेखि अन्नपूर्ण हिमालसम्मको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । साथै ताकम हुँदै ढोरपाटन सिकार आरक्ष, धौलागिरि राउन्ड, गुर्जा र गुरिल्ला पदमार्गको यात्रा गर्न पनि सकिन्छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट पुग्न काठमाडौँ–पोखरा–बेनी २८८ किमी, बसमा ९ घण्टाको यात्रा गर्नुपर्दछ । बेनीबाट पश्चिम ३२ किमीमा ताकम गाउँ पुगिन्छ । ताकमबाट ३ किमी उकालो चढेपछि ताकमकोट पुग्न सकिन्छ । खान बस्नका लागि ताकममा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ ।

भिडियो :

यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)



...
मनै लोभ्याउने बराह ताल (भिडियो पनि) - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
रारा कि अप्सरा (भिडियो पनि) - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

गर्मी मौसम नजिकिँदै गर्दा छाला सम्बन्धी समस्या पनि मानिसमा देखा पर्न थालेको छ । वास्तवमा, हामी सबैले जाडोमा चर्को घामबाट