English

सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलो मिटर पश्चिमको यात्रा गरेपछि पुगिने ठाउँ हो धौलागिरि गाउँपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने मच्छिम गाउँ ! मुख्यतः छन्त्याल समुदायको बाहुल्यता रहेको यस गाउँमा गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब ११४ घरधुरीको मिश्रित बसोबास रहेको छ ।

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न पश्चिममा मच्छिम बाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट १ किमी पश्चिममा छन्त्यालहरूले टुकटुके र छिनोको माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातीले कुल पूजा गर्ने कुल मन्दिर छ । त्यहाँबाट हिमशृङ्खला आँखै अगाडी नियाल्न सकिन्छ ।

साथै छन्त्याल जातीको संस्कृति झल्किने सोरठी नाच यहाँ पुग्नै पर्ने अर्को एउटा थप कारण हो । यहाँ परम्परागत ढुङ्गा र जस्तापाताले छाएका पुराना शैलीका घरहरू छन्। पुराना यानीमाया तथा सालैजो भाकाहरू गुन्जिरहन्छन् । त्यहाँका स्थानीयको सरल व्यवहार र उनीहरूले देखाउने आत्मीयता साँच्चिकै प्रशंसायोग्य छ । त्यही बाटो भएर धौलागिरि बेसक्याम्प पनि पुगिन्छ ।

सुन्दर गाउँ मच्छिम घुमिसकेपछि करिब आधा घण्टा यात्रा गरेपछि नार्जाखोला झरनाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । साथै मच्छिम गाउँ हुँदै ढोरपाटन सिकार आरक्ष, धौलागिरि राउन्ड, गुर्जा र गुरिल्ला पदमार्गको यात्रा गर्न पनि सकिन्छ ।

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न यस ठाउँमा राजधानी काठमाडौँबाट सदरमुकाम बेनी, दरबाङ्ग, धारापानी, ताकम हुँदै मच्छिम गाउँ पुगिन्छ ।

भिडियो :

यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested