English

युवा पुस्ताको उदासिनताका कारण लोप हुँदै ‘छन्त्याल भाषा’



म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको पुख्र्यौली छन्त्याल भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा सिक्न र संरक्षण गर्न नसक्दा नासिने खतरा बढेको हो ।

बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीका ८३ वर्षीय युवबहादुर छन्त्यालले बताए । उनका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु र आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु तथा बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उनको भनाइ छ ।

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्यामध्य म्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

“भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए, युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छाडेर विदेश वा सहरमा बसाइँ सरे, उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेका गुर्जाका अगुवा कमल छन्त्यालले बताए, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्यामध्य म्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास रहेको छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कूल जनसङ्ख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् । छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

यो पनि…
नेपाली सांकेतिक भाषाले मान्यता नपाउनु दुर्भाग्य

शारीरिक रुपमा अशक्त गंगाले मारेको छलाङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested