English

रारा कि अप्सरा (भिडियो पनि)



‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा ! –महेन्द्र शाह ।’

बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप फेरिरहने कञ्चन रारालाई सल्लाघारी, चंखेली र कान्जिरोवा हिमालले घेरेर सुरक्षित राखेको छ । दिनमै तीन–चार पटक रङ बदल्ने राराको छाल र चराचुरुङ्गीको चिरबिर कुनै सङ्गीतको कर्णप्रिय धुन जस्तै लाग्छ ।

तत्कालीन राजा महेन्द्र शाहले भनेझैँ अप्सरा नै हुन्– रारा ताल । साहसिक यात्राको गन्तव्य पनि हो । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने अन्य समयमा रारा ताललाई विभिन्न मौसमी फूलले ढपक्क सिँगारेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

रारालाई प्राकृतिक हिसाबले मात्र नभएर धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको हिसाबले पनि यो ताल महत्त्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ । यहाँ रारा महादेव, छाप्री महादेव, लाहुरा महादेव, ठाकुरदेव महादेव गरी चार वटा प्रसिद्ध धार्मिक स्थलहरू पनि छन् । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो ट्राउट’ प्रजातिको माछा पाइन्छ ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट ३ हजार ६ सय ६२ मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, बाजुरा र अछाम गरी ६ वटा जिल्लाको समेत अवलोकन गर्न सकिन्छ । मुर्मा टप पुग्नको लागि करिब तीन घण्टाको पैदल यात्रा गर्नु पर्छ । मुर्मा हाइकमा जादा पानीको व्यवस्था भने गर्नुपर्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न करिब ५ घण्टा लाग्छ ।

रारा सडक र हवाई दुवै माध्यमबाट जान सकिन्छ । हवाई यात्राका लागि नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब ३ घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । हवाई यात्रा नियमित उडान नहुन सक्छ । मौसमका कारण उडान समय फेरबदल भइरहन्छ ।

सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घण्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । निजी फोर ह्वीलवाला गाडीबाट पनि जान सकिन्छ । रारामा बस्नको लागि डाँफे, इको र हेरिटेज गरी तीन वटा रिसोर्टहरु छन् ।

भिडियो :

यो पनि…
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested