English

मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)



हात तान्यो भने छुन सकिएला झैँ गरी आँखा अगाडि उभिएका हिमशृंखला । फूलको थुँगा फक्रिए झैँ देखिने सूर्योदय । हिउँले छपक्कै छोपिएका सेता पहाड, हरिया वन जङ्गल, सुन्दर डाँडाकाँडा, बाटो वरिपरि ढकमक्क फूलेका लाली गुराँस । लोकल बस्तीहरू र स्थानीयले देखाउने आत्मीयता । यस्तो अवसर मार्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रा मार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समय बढेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ मा रहेको मार्दी हिमाल सबैका लागि सहज हिमाली संसार हो । विश्वमै प्रख्यात पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प रुट । हिउँले सजिएको मार्दी हिमालका दृश्यहरू निकै मनमोहक देखिन्छन् ।

भिडियो :

विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । केही वर्षअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छ्रेसँगको मार्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मार्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पुग्न सकिन्छ । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मार्दी हिमाल आधार शिविर पुगिन्छ ।

अधिकांश पर्यटक मार्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँको रूपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । यस पदयात्रा गर्न राजधानी काठमाडौँदेखि करिब एक हप्ताको समय छुट्याउनु पर्दछ ।

भिडियो :

यो पनि…
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



...
Leia

liquid oral dbol for sale References: https://ortiz-alexander.federatedjournals.com/

...
Heidi

References: Why are anabolic steroids illegal References: https://illinoisbay.com/index.php?page=user&action=pub_profile&id=2532

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested