English

मनमोहक नारच्याङ झरना (भिडियो पनि)



पहाडको टुप्पोबाट भिर पहरा छिचोल्दै छङछङ बग्ने चिसो पानीको वेगसँग माथिबाट तलतिर झरिरहने बादलको एक टुक्रा जस्तै देखिने पानीको फोहोरा । अग्लो पहराबाट झर्ने झरनाको सङ्गीतमय आवाज । उछिट्टिएर शीतलता प्रदान गर्ने पानीको बाछिटा । निकै सुन्दर, आकर्षक अनि मनमोहक नारच्याङ झरना

बेनी–जोमसोम मोटर बाटो (काली गण्डकी कोरिडोर) अन्तर्गत काली गण्डकी नदीको पारीपट्टि नारच्याङ खण्डमा पर्ने यो झरना अत्यन्तै आकर्षक छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको नारच्याङ झरना कुमारी झरनाको रूपमा पनि परिचित छ । समुन्द्री सतहबाट एक हजार ४०० मिटरदेखि एक हजार ७०० मिटरको उचाइमा नारच्याङ झरना रहेको छ । झरनाको मात्रै उचाइ ३०० मिटरभन्दा बढी छ ।

प्राकृतिक रूपले मात्र नभई नारच्याङ झरनाले धार्मिक हिसाबले पनि निकै महत्त्व बोकेको छ । झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षण बढाएको छ । हरेक वर्षको जेठ वा असार महिनामा पूजाआजा हुँदै आइरहेको त्यस मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटको कामना पूरा हुने जनविश्वास रहिआएको छ ।

पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नकै लागि भए पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनी बजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ ।

भिडियो :

यो पनि…
मनै लोभ्याउने बराह ताल (भिडियो पनि)
रारा कि अप्सरा (भिडियो पनि)
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested