English

मनै लोभ्याउने बराह ताल (भिडियो पनि)



घना जंगल, चारैतिर हरियाली डाँडाको बीचमा सुन्दर ताल। ताल छेउछाउमा पातलो बस्ती, तालजस्तै निश्चल मन भएका मान्छे । तालजस्तै शान्त गाउँ । मौसम खुलेको समयमा हरेक बिहान तालमा चुरेन, पुतली, मानापाथी र धवलागिरि हिमालले पौडी खेल्छन्।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा अवस्थित निस्कोट सामुदायिक वनको पुछारमा रहेको बराह ताल करिब २ रोपनी क्षेत्रफलमा उत्तर पश्चिम भएर फैलिएको छ । क्षितिजमा धवलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिबिम्ब तालमा देख्दा यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ । गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर नहुने स्थानीयहरू बताउँछन् । यहाँ जंगलका पात पतिङ्गर परिहाले भने चराले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गरेको उनीहरूको भनाइ छ ।

समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मानापाथी लगायतका आधा दर्जन भन्दा बढी हिमाल र मनोरम दृश्यहरूको प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिन्छ । रोमाञ्चक भू–बनोट, हरियाली र विविधतायुक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र बराह तालले अहिले पर्यटकहरूलाई पर्खिरहेको छ ।

निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ। मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतहरू सुन्न पाइन्छ। बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ।

पर्यटकीय महत्त्व बोकेको बराह ताल संरक्षणका लागि यसअघि साबिक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेरा बार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीसम्म पुग्न पदमार्ग निर्माण गरेको थियो । ताल पुरिएर साँघुरिएको छ । वरपरको जमिनलाई खनेर मूलको पानीलाई व्यवस्थापन गरेर ताललाई फराकिलो बनाउन सकियो भने बराह ताल सुन्दर पर्यटकीय स्थल बन्ने छ ।

बराह ताल पुग्नको लागि काठमाडौँबाट पोखरा हुँदै बेनी २८२ किलोमिटर, बेनीबाट दरबाङ २४ किलोमिटर। दरबाङबाट ९ किलोमिटरमा निस्कोट गाउँ पुग्न सकिन्छ । तालको किनारासम्म जिप पुग्छन्, यद्यपि दरबाङबाट करिब चार–पाँच घण्टाको पैदल यात्रामा पनि बराह ताल पुग्न सकिन्छ ।



भिडियो :

यो पनि…
रारा कि अप्सरा (भिडियो पनि)
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested