English

कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा



नेपालमा अहिले कोरोना भाइरसको दोस्रो लहर जारी छ । यो लहरमा धेरै मानिस संक्रमित भएका छन् । यसले गम्भीर समस्या निम्त्याएको विज्ञहरु बताउँछन् । तर कोभिड व्यवस्थापनका लागि हामीले के गर्नसक्छौँ ? यो बारेमा जान्नै पर्ने हुन्छ । कोभिड १९ व्यवस्थापन गर्नका लागि स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार परिवारका सदस्यले ५ वटा चरणहरु जान्नैपर्छ ।

यी हुन् ५ चरणः
१. कोरोना परीक्षण

यदि परिवारको सदस्य कसैलाई कोभिड १९ संक्रमण भएको आशंक लागेमा तत्काल कोरोना परीक्षण गराउनुपर्छ ।

२. संक्रमितको हेरचाह

संक्रमितलाई छुट्टै कोठामा राख्ने, पौष्टिक खानेकुरा खुवाउने, आराम गराउने, संक्रमितले प्रयोग गरेका सामान अलग्गै राख्ने ।

३. ज्वरो र अक्सिजनको स्तर

-पल्स अक्सिमिटरले संक्रमितको शरीरको अक्सिजनको स्तर जाँच गर्ने ।
-शरीरको अक्सिजनको स्तर बढाउन संक्रमितलाई घोप्टो परेर सुत्न लगाउने ।
-ज्वरो आएमा प्यारासिटामोल खाने र पानी पट्टी लगाउने ।
-ज्वरो ४,५ दिनसम्म पनि कम नभएमा स्वास्थ्यकर्मीसँग तत्काल परामर्श गर्ने ।

४. अस्पतालमा कुन बेला लग्ने ?

-नजिकको अस्पताल वा स्वास्थ्यकर्मीहरुसँग फोन मार्फत् निरन्तर सम्पर्कमा रहने ।
-स्वास्थ्यकर्मीको सल्लाह बमोजिम तथा संक्रमितको अवस्था हेरि समयमा नै अस्पताल लैजाने व्यवस्था गर्ने ।
-ज्वरो नघटेमा, छाती दुख्नुका साथै खोकी ठीक नभएमा, शरीरमा अक्सिजनको मात्रा कम भई अफ्ठ्यारो महशुस भएमा, संक्रमित स्वयंले आफ्नो हेरचाह गर्न नसक्ने देखिएमा, वा बोली लरबरिन थालेमा तत्काल अस्पताल लग्ने ।

५. परिवारका अन्य सदस्यसँग शतर्क रहने

-एक व्यक्तिले मात्र संक्रमितको हेरचाह गर्ने ।
-परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण हुनसक्ने भएकोले शतर्क रहने ।
-संक्रमित परिवारका अन्य सदस्यको मानसिक स्वास्थ्यको विशेष ख्याल राखौँ ।

यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested