English

केरा खेतीको आम्दानीले बदलियो जीवनशैली



केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउँछन् । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्रयाउने गरेका छन् ।

पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन, केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।

खबरामा केरा खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।

खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भनिन्, ‘पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन,’ उनले भनिन्, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।’ सापकोटाका अनुसार,उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ । केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्,राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।

राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,’ उनले भने,‘एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु ।

त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक रुपमा छ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उनले सुनाए । ‘राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,’ उनले भने,‘एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु ।’

केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताए । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाएका छन् । उनका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताए ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

विदेशबाट पर्केर केराखेतीमा रमाउँदै युवा

यसैगरी उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उनका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आएका छन् ।

उनीहरुले वर्षौंदेखि मकै कोदो बालीसँगै रूखबिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै दुईवटा प्लास्टिक पोखरीमा तीन हजार माछाका भुरा हालेर माछापालन, भुइँकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तीन वर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उनका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आएका छन् ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ, भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।

रोजगारीको सिलसिलामा परदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रूखबिरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका हुन् । एक हजार केराका बिरुवा लगाएका कटुवालले सिँचाइका लागि हालसम्म व्यक्तिगत रु सात लाख लगानी गरेको बताए । व्यावसायिक केरा खेतीमा सिँचाइका लागि खरिया खोलाबाट एक हजार ६०० मिटर पाइप र बनाखी खोलाबाट ९०० मिटर पाइपबाट पानी लिएर बाह्रमासे रुपमा सिँचाइ व्यवस्था मिलाएका छन् । उनको फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्र्रे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केरा खेती गरेका छन् ।

उत्पादन गरेको केरा बिक्रीका सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका व्यवसायीले फार्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताए । ‘अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले तीन वर्षदेखि केरा खेती विस्तारमा लागेको छु,’ उनले भने ।

केरा खेतीबाट आगामी वर्ष तीनदेखि चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्ष्यसहित स्थानीय रुपमा बाख्रा र कुखुरापालन गर्ने योजनासमेत कटुवालले बताए । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवा पनि केरा खेती विस्तारमा लागेका छन् ।

केरा पकेट क्षेत्र

बेनी नगरपालिका–२ खबरा, बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । नगर तथा गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत यहाँका ३०० बढी कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ, कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।

कृषक शोभित सापकोटाले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।’ यी क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

राँखुमा परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा–२ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए । दुवै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम सुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए ।

गत आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले सुनाए, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।’ सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरिद गरेका समूहले पाँच हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।

ज्यामरुककोटका एक कृषकले १०० देखि पाँच हजारसम्म केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि ज्यामरुककोटलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताए । केरा खेतीको पकेट क्षेत्र घोषणासँगै कृषकका लागि सिँचाइ व्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेसिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने कृषकको भनाइ छ ।

याे पनि…
कोरोना महामारीले डिलुलाई बनायो तरकारी व्यवसायी
खाडीबाट फर्केर गाउँमा भैँसीपालन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested