English

केरा खेतीले पाखोबारी हराभरा, उकासियो जीवनस्तर



म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यवसायिकरूपमा केरा खेती सुरु गरेका हुन् ।

रघुगंगा-२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रू एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए ।

‘बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरूवा लगाएको थिए,’ उनले भने, ‘सुरु गरेको डेढ वर्षमै आम्दानी हुन थालेको छ ।’ करिब २० वर्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनै जनाले केरा खेती गरेका हुन् ।

कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गरेका छन् । उनीहरूले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गरेका छन् । एकजनाले कृषि फर्ममा रू १५ लाखदेखि रू २० लाखसम्म लगानी गरेका छन् । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताए ।

‘बाँझिएर खेर गएको पाखोबारी केराका बिरूवाले हराभरा बनेको छ,’ उनले भने, ‘रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ ।’ कटुवालले केरा खेतीसँगै व्यवसायिक कुखुरापालन समेत गरेका छन् ।

रघुगंगा-२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रू एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए ।

उनीहरूले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन् । ‘धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,’ कार्कीले भने, ‘बदामभन्दा केरा खेतीबाट चार-पाँच गुना बढी आम्दानी भएको छ ।’

सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो । बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन् ।

रघुगंगा गाउँपालिका-२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिएको बताए । सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested