English

विदेशबाट फर्केर व्यावसायिक कृषिमा, लाखौं आम्दानी



दश वर्षको जापान बसाइलाई बीट मारेर फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का ध्रुव थापा र लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन्।

लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरू सफल भएका छन्। विदेशबाट फर्केका युवाहरू आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रूपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरू पनि कृषि पेशाप्रति आकर्षित भएका छन्।

जिल्लाका बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहहरूमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन्। विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरू विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन्।

स्थानीय सरकारले घरनजिक कृषि सडक पुर्‍याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खसी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ।

ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल। जापानमा १० वर्ष विताएका मङ्गला गाउँपालिका-२ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रूपमा कृषि तथा पशुपालन गरेका छन्। परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रूपमा अघि बढाएका हुन्।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चार सय सुन्तला लगाएका छन् भने करिव दुई सय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए।

गतवर्ष उत्पादन भएका सुन्तला काठमाडौं पुर्‍याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पुर्‍याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुसी छन्। गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ। सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरूमा फल्दै गएपछि आम्दानी पनि बढेको छ।

विदेशबाट फर्केका युवाहरू आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रूपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरू पनि कृषि पेशाप्रति आकर्षित भएका छन्।

मकै कोदोलगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दा, काउलीलगायतको तरकारी खेतीबाट मात्रै मासिक १५ हजार बढी आम्दानी गरेका छन्। पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिकरूपमा उन्नत जातका बाख्रापालन गरेका छन्।

करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रापालन गरेको उनले बताए। क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ छ।

उनको व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन्।

पौडेलले एक जनालाई रोजगारी दिएका छन् भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन्। स्थानीय सरकारले घरनजिक कृषि सडक पुर्‍याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खसीबोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ।

त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका ध्रुव थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ।

तरकारी बेचेर मात्रै मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरू लगाएका छन्।

यो पनि

परपम्परागत बालीलाई नै विस्थापित गरिदिने बरसिम घाँस

सम्भव छ, तरकारीमा आत्मनिर्भर बन्न



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested