English

एनएसजेएफ स्पेशल अवार्ड तेक्वान्दो विज्ञ तुलसीकुमार गुरुङलाई



नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल अवार्ड प्रदान गरिएको छ।

दक्षिण कोरियाको कुक्किवनबाट नवौं डान ब्ल्याक बेल्ट प्राप्त गर्ने पहिलो नेपालीका रूपमा गुरुङ यस अवार्डबाट सम्मानित भएका हुन्। पोखरामा जन्मिएका गुरुङ १७ वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भई हङकङ पुगेका थिए। हङकङमा उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो समयसम्म उल्लेखनीय योगदान दिए।

गुरुङले सन् २००१ मा हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरेका थिए भने सन् २०१३ मा हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। अन्तर्राष्ट्रिय स्तरमा आर्जित अनुभव स्वदेशमै प्रयोग गर्ने उद्देश्यले उनले पोखरामा फिट नेपाल स्पोर्ट्स प्लेक्स स्थापना गरेका छन्, जसको मुख्य लक्ष्य युवालाई उच्चस्तरीय खेल प्रशिक्षण प्रदान गर्नु रहेको छ।

खेलकुदमा पुर्‍याएका योगदानबाहेक, गुरुङ सामाजिक र मिडिया क्षेत्रमा समेत सक्रिय छन्। उनी राइज मिडिया नेटवर्क तथा वि विल राइज फाउण्डेसनका संस्थापक अध्यक्ष हुन्, जसले नेपालमा युवा सशक्तिकरण, पर्यटन र सामुदायिक विकासका क्षेत्रमा कार्यरत छ।

अवार्ड समारोहमा अन्य विभिन्न विधामा पनि खेलकर्मी तथा खेल पत्रकारहरू सम्मानित भएका छन्। खो–खो महिला तथा पुरुष टोलीले ‘टिम अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् भने यू–१९ क्रिकेट टोलीकी कप्तान पूजा महतो ‘युवा वर्ष खेलाडी’ घोषित भएकी छन्। त्यसैगरी, बंगलादेशका मोहम्मद हसन उल्लाह खानलाई ‘एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ प्रदान गरिएको छ।

त्यस्तै, पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ‘ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ भने क्रिकेटर दीपेन्द्र सिंह ऐरी र तेक्वान्दो खेलाडी एरिका गुरुङलाई वर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको छ।

२२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहले नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक र खेल पत्रकारहरूको सम्मान गर्दै उनीहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested