English

कोरोना महामारीले डिलुलाई बनायो तरकारी व्यवसायी



दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिँड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।

विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए । पाँच वर्षसम्म निजी स्रोतमा स्थानीय भगवती आधारभूत विद्यालयमा पनि पढाए । त्यसपछि उज्यालो साना किसान सहकारी संस्थामा पनि काम गरे

। सहकारीमा जोडिएपछि कृषिसम्बन्धी तालिम दिन आफैँ गाउँमा पुग्थे । तालिम दिने क्रममा एकाएक उनमा अर्को सोच आयो किसानलाई तालिम दिने म आफैँ किन तरकारी व्यवसाय नगरौँ । आफैँबाट तरकारी व्यवसाय शुरु गर्नुपर्छ भनेर आफैँ तरकारी व्यवसायमा होमिए ।

दैलेखको भैरवी गाउँपालिका–७ कुसापानी सिम्सेर कुसापानीका डिलु गुरुङले विदेश जाने पैसा गाउँमै लगानी गरे । १० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती शुरु गरेका उनीलाई अहिले भने यसैले चिनाइरहेको छ ।

आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती शुरु गरेका डिलुले बारीमा टमाटर, काउली, आलु, बन्दालगायतtतरकारी लगायका छन् ।

‘त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन । गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ ।’

केही समयअघि घरको लागि समेत बाहिरबाट तरकारी किनेर ल्याउने उनी र उनको परिवार अहिले आफ्नै बारीमा फलेको ताजा तरकारी बेच्छन् । उनी भन्छन्– ‘त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन । गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ ।’

बीएडसम्म अध्ययन गरेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन् । मिहिनेत गरेपछि आफ्नै गाउँ-ठाउँमा प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता ।’

डिलुको सिको गर्दै गाउँका दर्जन बढी कृषक तरकारी खेतीमा

व्यवसायिक तरकारी खेतीमा रमाएका ३१ वर्षीय डिलु गाउँका लागि पनि उदाहरणीय पात्र बनेका छन् । उनले शुरु गरेको व्यवसायिक कृषि खेती देखेर उनकै टोलका एक दर्जनभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिंचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका किसानमा व्यावसायिक कृषिमा अग्रसर बनेको अर्का स्थानीय मानबहादुर बरालले बताए । तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत हुने गरेको बराल बताउँछन् ।

आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु पर्दैन ।

सोही गाउँकी सीता गुरुङको पनि घरछेउको बारीमा लटरम्म तरकारी फलाएकी छन् । अहिले उनको बारीमा काउली, टमाटरलगायतका विभिन्न तरकारी फलाएर राम्रो आम्दानी गरेको उनी सुनाउँछिन्  । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायीमा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

गाउँपालिकाको प्रोत्साहन

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए । कृषि कार्यक्रमअन्तर्गत भैंसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ ।

कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ

‘हामीले तरकारी तथा फलफूल खेतीका लागि पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ ।’

यो पनि
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे
कागजमा मात्रै घरजग्गा, पहिरोको कर तिर्छन् पीडित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो