English

विश्वभर एलियन जहाजको चर्चा



विश्वभरमा एलियनको चर्चा चलिरहेको छ । यसको अलावा एलियनको बारेमा विभिन्न दाबी पनि गरिएको छ तर, अहिलेसम्म ब्रह्माण्डमा तिनीहरूको अस्तित्वको कुनै ठोस प्रमाण छैन । के ब्रह्माण्डमा एलियनहरू छन् ? यो सबैभन्दा ठूलो प्रश्न हो । यस प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरू वर्षौंदेखि प्रयासरत छन् ।

यसैबीच फेरि एक व्यक्तिले एलियनको विमान अर्थात् यूएफओ फेला पारेको दाबी गरेका छन् । यी व्यक्तिले पेरु नजिकैको समुन्द्रमा एलियन जहाज फेला पारेको बताएका छन् । उनले गुगल अर्थको सहयोगमा यो ठूलो खोज गरेको बताए ।

स्कट सी भेरिङले पेरुको नाज्का लाइन्स नजिकै रहेको समुन्द्रमा एलियन जहाज रहेको बताएका थिए । पुरानो एलियन जहाज देखेको शतप्रतिशत प्रमाण आफूसँग रहेको उनको दाबी छ ।

आफूलाई यूएफओ विशेषज्ञ भनी वर्णन गर्ने स्कट सी भेरिङले यो समुद्रभित्र लुकेर रहेको पुरानो एलियन प्रविधि भएको दाबी गरेका छन । यो विदेशी जहाज पेरु नजिकैको समुद्रमा अवस्थित रहेको छ । जहाजको व्यास लगभग ७ किलोमिटर छ र यो ठाउँ नाज्का लाइन्सनजिकै अवस्थित छ ।

कुनै पनि कठिन समयमा गुगल अर्थको मद्दत लिन सकिन्छ । तर, अहिलेसम्म कसैले पनि यसको सहयोगमा एलियनको जहाज पत्ता लगाउन सकेको छैन । यद्यपि, धेरैले यसअघि पनि एलियन र युएफओ देखेको दाबी गरेका थिए ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,