English

५८ घण्टा २५ सकेन्डमै पार गरे मेघराजले ४०८ किलोमिटर

काठमाडौंबाट दौडेरै पाँच दिनमा दमक


दमक, ८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेषगरी, म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।

उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै, दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कृतिमान राख्छु भन्नेमा थिएँ ।’

लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पुरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै पार गरे । यसका लागि उनलाई ५८ घण्टा २५ सेकेन्ड लागेको छ ।

‘खेलबाटै केही गर्न सकिन्छ भन्ने मेरो लक्ष्यमा आज एउटा इँट्टा थपेको छु । पाँच दिनमा काडमाडौँदेखि दौडेर झापासम्मको यात्रा पूरा गरेँ,’ उनले भने, ‘यति लामो दूरी म्याराथन गरेर पार गर्नु एउटा रेकर्ड हो । अहिलेसम्म कसैले पार गरेको छैन ।’

३० फागुन बिहान काठमाडौंबाट हिँडेका उनी शनिबार दमक आइपुगे । ‘स्वास्थ्यका लागि दौड राम्रो हो,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने माध्यम पनि खेलकुद हो ।’ व्यक्तिले नै यति ठूलो आँट र सहास गर्दा पनि राज्य पक्षबाट सहयोग नपाएको उनको गुनासो छ । ‘मलाई विभिन्न संघसंस्थाले दमकसम्म दौडन सहयोग गरे । तर, सरकारी पक्षबाट केही सहयोग भएन,’ उनी भन्छन्, ‘यसले राज्य पक्ष खेलाडीका लागि उदार छैन भन्ने देखाउँछ ।’

उनले गृह मन्त्रालयबाट स्वीकृति लिएर दौड सुरु गरेका हुन् । ‘गृहबाट स्वीकृति लिएकाले प्रहरीले ठाउँठाउँमा स्कर्टिङचाहिँ गर्याे,’ उनले भने ।’ दौडने क्रममा उनले निकै समस्या पनि भोगे । उनको स्वास्थ्यमा कठिनाइ आयो । ‘खुट्टामा धेरै नै समस्या आयो । तर, मैले हिम्मत हारिन,’ उनी भन्छन्, ‘हिम्मत र उत्साहले नै ४०८ किलोमिटरको दौड पूरा गरेँ । आँट गरे सकिने रहेछ भन्ने उदाहरण भयो ।’

यो पनि
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा