English

विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईसँग नेपाल पराजित भएको छ् । दुबईमा भएको खेलमा घरेलु टिमले नेपाललाई ४८ रनले पराजित गरेको हो ।

युएईले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भएको थियो । नेपालले सरुवाती चरणमा राम्रो प्रदशन गरे थियो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल ११ रन र आसिफ शेख ७ रनमा आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउट भए । ज्ञानेन्द्र मल्लले २८ रन जोड्दा रोहितकुमार पौडेलले ४६ रन बनाए। रोहितले ६० बलमा ४ चौका प्रहार गरे।

आरिफ शेख ०, सोमपाल कामी ६ रन, कमलसिंह ऐरी ० र कप्तान सन्दीप लामिछाने ७ रनमा आउट भए। करण केसी पनि अन्तिम विकेटको रुपमा ६ रनमा बोल्ड भए।

बलिङमा युएईका बासिल हमीदले ४ विकेट र जुनइद सिद्धिकीले ३ विकेट लिए। त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६।३ ओभरमा १६८ रनमा अलआउट भयो।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले