English

विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईसँग नेपाल पराजित भएको छ् । दुबईमा भएको खेलमा घरेलु टिमले नेपाललाई ४८ रनले पराजित गरेको हो ।

युएईले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भएको थियो । नेपालले सरुवाती चरणमा राम्रो प्रदशन गरे थियो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल ११ रन र आसिफ शेख ७ रनमा आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउट भए । ज्ञानेन्द्र मल्लले २८ रन जोड्दा रोहितकुमार पौडेलले ४६ रन बनाए। रोहितले ६० बलमा ४ चौका प्रहार गरे।

आरिफ शेख ०, सोमपाल कामी ६ रन, कमलसिंह ऐरी ० र कप्तान सन्दीप लामिछाने ७ रनमा आउट भए। करण केसी पनि अन्तिम विकेटको रुपमा ६ रनमा बोल्ड भए।

बलिङमा युएईका बासिल हमीदले ४ विकेट र जुनइद सिद्धिकीले ३ विकेट लिए। त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६।३ ओभरमा १६८ रनमा अलआउट भयो।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested