English

क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, क्यानडाले गुमायो २ विकेट



आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले (६ ओभर)मा उत्कृष्ट सुरुवात गरेको छ ।

६ ओभरको समाप्तीमा क्यानडाले ३९ रन जोडेको छ भने दुवै ओपनरसहित ४ विकेट गुमाएको छ । खेलको पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नादिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए ।

छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । रन लिने क्रममा रविन्दरपाल सिंहसँग तालमेल नमिल्दा दुवै ब्याट्सम्यान एकै एण्डमा पुगेका थिए । सोही ओभरको छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराए ।

यो पनि
नेपालद्वारा ओमान फराकिलो रन अन्तरले पराजित
फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested