English

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य



आईसीसी टी २० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङ गरेको नेपालले फिलिपिन्सविरुद्ध २१८ रन जोडेको हो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भइरहेको खेलमा ओपनर कुशल भुर्तेलले १ सय ४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १ छक्का र १३ चौका प्रहार गरेका थिए । यसैगरी, दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्काको मद्धतमा ८३ रन जोडेका छन् ।

साथै, टी २० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् । यो सँगै भुर्तेलले नेपालबाट टी २० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । उनले यसअघि चार अर्धशतक प्रहार गरिसकेका थिए । नेपालले हिजो शुक्रबार ओमानलाई घरेलु मैदानमा ३९ रनले हराएको थियो ।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् 

यो पनि
नेपालद्वारा ओमान फराकिलो रन अन्तरले पराजित
दुई खेलअगावै अस्ट्रेलियाले जित्यो टी-२० क्रिकेट शृंखला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,