English

अन्तर्राष्ट्रिय प्रतियोगिताको पदकमा नेपालको सम्भावना बढी तर, मिहेनतको खाँचो

‘पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक’


युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको हाे ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताए ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग ६ दशक भइसकेको छ । नेपालले सन् १९५१ देखि एसियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको हाे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एसियाली खेलकुदमा १८ र दक्षिण एसियाली खेलकुद (साग)मा १३ पटक सहभागी भई २०८ वटा पदक प्राप्त गरेको छ । एसियाली गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा रजत र काँस्य गरी २४ पदक प्राप्त गरेको तथ्याङ्कले देखाएको छ ।

सचिव रेग्मी भन्छन्, ‘सबैभन्दा पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक छ । आफ्नै रेकर्ड तोड्न नसकेपछि कसरी अर्काको रेकर्ड तोड्न सकिएला ! अबको तयारी भनेको पहिला राष्ट्रिय, अनि साग, एसियाली हुँदै ओलम्पिकमा पदक प्राप्तिको विषय आउँछ ।’

राष्ट्रिय खेलकुद परिषद्का अनुसार वि‍.सं २०७७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीको सङ्ख्या १ हजार ८ सय ६० छ । सचिव रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले पदक प्राप्त गरेका खेल विधा करिब ३० छन् ।

विगतका अनुभव र अभ्यासका आधारमा मन्त्रालयले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको बढी सम्भावनायुक्त र अली बढी मिहेनतको खाँचो रहेको खेल विधाको यकिन गरी कार्ययोजना तयारी गर्दै छ ।

दक्षिण एसियाली खेलकुदमा नेपालले कराते, गल्फ, टेबल टेनिस, कुस्ती, साइक्लिङ, एथेलेटिक्स, आर्चरी, महिलाबीच भलिबल र भलिबल, पौडी, टेनिस, फुटबल, महिला फुटबल, जुडो, तेक्वान्दो र क्रिकेटमा पदक हासिल गरिसकेको छ । महिला क्रिकेट, महिला र पुरुष खोःखो, महिला हयान्डबल, महिला कबड्डी, ब्याडमिन्टन, ट्रायथलन, भारत्तोलन, बक्सिङ र फेन्सिङमा नेपालको खेल गौरव गर्न लायक नै छ । एसियाली खेलकुद प्रतियोगितामा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा पदक प्राप्त गरिसकेको छ ।

विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट एथलेक्टिस, बक्सिङ, जुडो र पौडी विधाले प्राथमिकता पाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सबै विधामा पदकको सुनिश्चित नभई आक्कल-झुक्कलरूपमा पदक पाएको तथ्याङ्क छ । टेबलटेनिस, बास्केटबल, वीचभलिबल, महिला भलिबल, टेनिस, स्वक्वास, पुरुष र महिला खोःखो नेपाली खेलाडीले अलि मेहेनत बढी गर्नुपर्ने, तर पदकको सम्भावना बोकेका खेल विधा हुन् ।

महिला ह्यान्डबल, कबड्डी, ब्याडमिन्टन र हाई अल्टिच्युडमा पदक प्राप्तिका लागि नेपालका तर्फबाट थोरै प्रतिभा निखार गर्न सकिने खेल विधाका सूची हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक प्राप्त गर्न सबैभन्दा पहिलो आफ्नो नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न जरुरी छ ।

सचिव रेग्मी भन्छन्, ‘सबैभन्दा पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक छ । आफ्नै रेकर्ड तोड्न नसकेपछि कसरी अर्काको रेकर्ड तोड्न सकिएला ! अबको तयारी भनेको पहिला राष्ट्रिय, अनि साग, एसियाली हुँदै ओलम्पिकमा पदक प्राप्तिको विषय आउँछ ।’

नेपालले आफ्नो रेकर्ड तोड्नासाथ सार्कमा मुलुकको खेलकुदको स्तर राम्रो हुने र त्यसले एशियाली खेलकुदमा पदक हासिल गर्न ऊर्जा र प्रेरणा प्रदान गर्नेछ ।

खेलकुद विधालाई सशक्त र प्रभावकारी तुल्याउने उपयुक्त पूर्वाधार निर्माण, प्रतिभावान् खेलाडी पहिचान र नियमित अभ्यास र प्रतियोगिता आवश्यक पर्छ । नेपालले आगामी एशियाली खेलकुदका लागि सागका स्वर्ण पदाधिकारी खेलाडी छनोट गरी नियमित तालिम र प्रशिक्षण चलाउँदै आएको छ ।

यो पनि
टी–ट्वान्टीमा नेपालको वरीयता खस्कियो
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,