English

नेपालमा भेटियो नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’

‘फुस्रो सारौं’ भेटिएसँगै नेपालमा चराको संख्या ८९५ पुगेको छ


नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ । यो सँगै नेपालमा चरा प्रजातिको संख्या ८९५ पुगेको समेत पन्छीविद संघले विज्ञप्तिमार्फत जनाएको छ । चराविद शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा उक्त चरा फेला पारेका हुन । विदेशी पाहुनाको साथमा पदयात्रा तथा चरा अवलोकन गर्ने क्रममा तिवारीले गत वैशाख २५ गते बिहान ८ बजेर ४९ मिनेटमा सो चरा देखेका थिए । तिवारीले सो चराको फोटोलाई पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका हुन ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुको समेत सल्लाह सुझाव र अध्ययन पश्चात उक्त चरा नेपालका लागि नयाँ भएको निष्कर्षमा पुगेको नेपाल पन्छीविद संघले जनाएको छ । संघका अनुसार उक्त चराको अंग्रेजी नाम White-cheeked Starling  र वैज्ञानिक नाम Spodiopsar cineraceus हो । यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रुपमा पाइन्छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा फिरन्ते चराको रुपमा रेकर्ड भएको छ । यो चरा नेपालको छिमेकी देश चीनका विभिन्न ठाउँमा पाइने र त्यहाँ प्रजनन पनि गर्ने नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालका लागि नयाँ चरा अभिलेख गर्न योगदान गरेकामा कमिटीले तिवारी र सँगै रहनु भएका पदयात्री : Matthew Withraw पदयात्री लाई धन्यवाद समेत व्यक्त गरेको छ ।



...
Christopher

References: Online slot machines real money References: https://buyandsellhair.com/author/cousinboat5/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested