English

दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम



फिनिसर शरद भेषावकरले आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’

यसअघि नेपाली टोलीले सन् २०१४ मा बंगलादेशको ढाकामा विश्वकप खेलेको थियो । त्यसयता, टोलीले त्यतिको ठुलो उपलब्धि हासिल गर्न सकेको छैन । तत्कालीन कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी गर्दैछन् युवा लेग स्पिनर सन्दीप लामिछाने

यता, प्रशिक्षक समेत उहि पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालीन समयमा नेपालले विश्वकप खेलेको थियो । सोही टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीको साथ छन् । प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यस अघिनै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् ।

‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । दुई खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै छनोट हुनेछौं ।’ ३३ वर्षीय दायाँ हाते ब्याटर शरद भन्छन् । ‘मलाई लाग्छ, यो खेल कमब्याकभन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ । टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’

प्रशिक्षक दासानायके भन्छन्- टोलीको तयारी योजनाअनुसार नै भइरहेको छ । नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् ।

नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।

नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससग र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ । ग्लोबल छनोटअघि नेपालले २८ माघबाट तीन देश सम्मिलित टी-२० शृंखला खेल्दैछ । जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षक दासानायके भन्छन्- टोलीको तयारी योजनाअनुसार नै भइरहेको छ । नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनाबद्ध रूपमा भइरहेको छ । सुरुमा केही चुनौतीको सामना गर्नुप-यो । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् ।

टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्वकप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् ।

पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यसपटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् ।

टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्वकप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाईले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छोड्नु भएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्रै हैन, सबै टिममाथि छ । त्यो सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्रै हैन पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी समाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् ।

टिममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी छन् ।

यो पनि

खेलबाटै मुलुकको सम्बन्ध जोड्ने प्रयास

कहाँ के गर्दैछिन् फुटबलर साम्बा ?



...
wuthering waves top up center

I had a similar experience last month. Switched to recharging through a dedicated top-up platform instead of in-game and the savings were noticeable. Definitely worth comparing options before you buy.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested