English

खेलबाटै मुलुकको सम्बन्ध जोड्ने प्रयास



सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकु विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुदलाई राष्ट्रिय एकता सुदृढ तुल्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यमका रूपमा विकास र विस्तार गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढाइने बताए । उनले भने- ‘खेल विधा एउटा क्रियाकलाप मात्र होइन, राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, देशप्रति लगाव एवं अरू देशसँग सम्बन्ध विस्तार गर्ने औजार हो ।’

विश्वव्यापी मूल्य, मान्यता र प्रविधिको संयोजनबाट नागरिकलाई रोजगारको अवसर सिर्जना गर्न, खेल पर्यटनका माध्यमबाट दिगो विकासका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा आर्थिक वृद्धिलगायतका लक्ष्य हासिल गर्न स्थानीय तहदेखि नै खेलकुदको संस्थागत विकास गर्न विभिन्न कार्ययोजना बनाएर मन्त्रालय अघि बढेको छ । व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक र संवेगात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ ।

विश्वका प्रत्येक राष्ट्र खेलकै माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग जोडिँदै आएको र नेपाल पनि अन्तर्राष्ट्रिय तथा आफ्नै मौलिक खेल विधाद्वारा विशिष्टता हासिल गरिरहेको सचिव रेग्मीले उल्लेख गरे ।

विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय साहसिक खेल विधामा अरुका सामु अब्बल सावित गरिसकेको छ ।

विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय साहसिक खेल विधामा अरुका सामु अब्बल सावित गरिसकेको छ ।

एक–अर्काे देशबीचको सम्बन्धलाई दर्बिलो तुल्याउने माध्यमका रूपमा रहेका खेलकुद विधाका माध्यमबाट सम्बन्ध विस्तार गर्न र देशको श्रीवृद्धिका लागि परराष्ट्र, अर्थ, युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, खेल सङ्घ, खेलाडी, प्रशिक्षकको महत्वपूर्ण भूमिका रहनेछ ।

नेपालले हाल खेलकुद विधाकै माध्यमबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा अरू एसियाली मुलुकसहित अन्तर्राष्ट्रिय जगतमा देशको झण्डा फहराउने र राष्ट्रियगान घन्काउँदै आएको छ ।

देशका खेलाडी, मन्त्रालय, खेलकुद परिषद्, विषयगत खेलकुद सङ्घ, समर्थक क्लब (फ्यान क्लब), समर्थक, प्रशिक्षकबाट पनि त्यत्तिकै अग्रसरता र चासोले विश्व खेलकुद क्षेत्रका नवीनतम अभ्यास भित्र्याउन तथा खेल क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न योगदान पुग्ने सचिव रेग्मी बताउँछन् ।

विश्वका कयाैँ मुलुकले खेलकुदकै माध्यमद्वारा पहिचान स्थापित गर्न सफल भएकाले नेपाललाई सागरमाथा र गौतमबुद्धका अतिरिक्त साहसिक खेलकुदका माध्यमबाट पनि परिचय स्थापित गर्ने सम्भावना प्रशस्त रहेको तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक दीपेन्द्र ढकाल बताउँछन् ।

सरकारले खेलकुद पूर्वाधारको विकास, विस्तार र स्तरोन्नति गर्दै खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन तथा सबै क्षेत्रमा खेलकुदलाई मूल प्रवाहीकरण गर्ने उद्देश्य राखेको छ । खेल क्षेत्रका विकास र विस्तारका लागि पूर्व सर्तका रूपमा खेलाडी पहिचान, पूर्वाधार विकास र प्रतिस्पर्धालाई लिँदै आएको छ ।

मन्त्रालयले एन्टी डोपिङ, म्याच फिक्सिङ तथा बल टेम्परिङजस्ता गैरकानुनी कार्यलाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिभावान् खेलाडी पहिचान, खेलाडी प्रशिक्षक प्रोत्साहन र सामाजिक सुरक्षाको सुनिश्चिता, खेल सहर विकास, खेलकुद क्षेत्रलाई प्रवर्द्धन, व्यावसायिक र मैत्रीपूर्ण खेल प्रतियोगिता र खेल विशेष विज्ञता हासिल गरेका मुलुकसँगको सहकार्य र समझदारीलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशालासहित खेलमैदान, उच्च भूभागीय खेलकुद तालिम केन्द्र, सार्वजनिक–निजी साझेदारी खेल पूर्वाधार विकास, सङ्घसंस्था सुदृढीकरण, खेल शैक्षिक संस्था स्थापना र प्रतिष्ठान स्थापनालाई जोड दिँदै आएको छ ।

यो पनि…
ओलम्पिकभरि कोभिडबाट बच्न चीनमा सहरभित्र अर्को सहर खडा
कहाँ के गर्दैछिन् फुटबलर साम्बा ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested