English

ओलम्पिकभरि कोभिडबाट बच्न चीनमा सहरभित्र अर्को सहर खडा



बेइजिङका २ करोड २० लाख मानिसहरूलाई कोभिड संक्रमणको जोखिमबाट जोगाउन चीनले सहरभित्र पनि अर्को सहर खडा गरेको छ, जहाँ बस्ने अतिथिलाई बाहिरी मानिसहरूसँग छलफल र भेटघाट गर्न छुट छैन । उनीहरूलाई इन्टनेटको पहुँचको सुविधा छ भने खानेकुरा रोबाेटले नै वितरण गर्छ ।

ओलम्पिक र प्यारालम्पिक खेलका लागि दुई महिनाको अवधिमा दशौं हजार खेलाडी र उनीहरूलाई सहयोग गर्ने व्यक्तिलाई निश्चित र सुरक्षित स्थानमा राखिएको छ । मध्य बेइजिङबाट थोरै बाहिर रहेको यानकिङ जिल्ला र बेइजिङनजिकैको हिवेई प्रान्तको झाङजिअकोउ सहरमा आगन्तुकहरूलाई राखिएको छ ।

कोभिड शून्य नीतिमा जोड दिने पहलस्वरूप चीनले ओलम्पिकलाई त्यहाँको घना जनसंख्याबाट पूर्णरूपमा अलग गरेको हो । चाँडै फैलिने ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमण फैलिएसँगै सरकारले ओलम्पिक प्रतिबन्धलाई थप कडाइ गरेको छ ।

ओलम्पिकमा दर्शकहरूको भिड नियन्त्रण गर्ने योजनाअनुसार अन्तिम समय अर्थात् मध्य जनवरीमा घरेलु दर्शकहरूलाई टिकट बिक्री रोक्ने निर्णय गरिएको थियो ।

खेलका लागि समर्पित सवारी साधनहरू घेराबन्दी गरिएको निश्चित क्षेत्रमा मात्र आफ्नो लेनमा गुड्नेछन् । र, स्थानीयहरूलाई दुर्घटनाको समयमासमेत टाढै रहन सुभाव दिइएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ३ फेब्रुवरीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दुर्भाग्यवश तपाईंहरू केवल निश्चित घेराभित्र रहेका मानिसहरूसँग मात्र बोल्न सक्नुहुनेछ ।’

यो पनि
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा
चीनलाई नवौं पटक एसियन महिला कपको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested