English

टी–ट्वान्टीमा नेपालको वरीयता खस्कियो



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो।

ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ।

उक्त सिरिजले जितेको यूएई १२औं स्थानमा उक्लिएको छ। आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन् ।

यो पनि
आयरल्याण्डसँग नेपाल पराजित
नेपाल युएईसँग पराजित



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested