English

आयरल्याण्डसँग नेपाल पराजित



चारदेशीय टी-२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो । नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए ।

यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे । आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा पूरा विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्‍यो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोडे । यस्तै कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रनको योगदान गरे । नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए ।

यस्तै अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान विकेट लिए । आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट खेल अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested