English

दुई खेलअगावै अस्ट्रेलियाले जित्यो टी-२० क्रिकेट शृंखला



अस्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो ।

घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे । अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।

यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित ३९, दिनेश चन्डिमालले २५ तथा पाथुम निशन्काले १६ रनको योगदान गरे ।

यो पनि
श्रीलंकाविरुद्धको टी-२० शृंखलामा अष्ट्रेलिया विजयी
चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का