English

श्रीलंकाविरुद्धको टी-२० शृंखलामा अष्ट्रेलिया विजयी



श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पदद्धितमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे । यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले । म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे ।
श्रीलंका पाँच टी-२० क्रिकेट शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा आएको हो ।

यो पनि
दोस्रो जितको खोजिमा नेपाली टिम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

Latest










Popular
Suggested