English

दोस्रो जितको खोजिमा नेपाली टिम



ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी-२० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा भेट्टायो ।

नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे ।

यस्तै, चार बलमा चार रन बनाएका सरद भेषावकर दीपेन्द्रसँगै अविजित रहे । यसअघि टस हारेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक अविजित ४३ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, नदिमले पभेलियन फर्किनुअघि ३० बलमा दुई चौकासहित ३१ रन जोडे । नेपालका अविनाश बोहराले तीन विकेट लिएका । चार ओभर बलिङ गरेका अविनासले २६ रन खर्चिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत नेपालले आज सयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested