English

दोस्रो जितको खोजिमा नेपाली टिम



ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी-२० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा भेट्टायो ।

नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे ।

यस्तै, चार बलमा चार रन बनाएका सरद भेषावकर दीपेन्द्रसँगै अविजित रहे । यसअघि टस हारेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक अविजित ४३ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, नदिमले पभेलियन फर्किनुअघि ३० बलमा दुई चौकासहित ३१ रन जोडे । नेपालका अविनाश बोहराले तीन विकेट लिएका । चार ओभर बलिङ गरेका अविनासले २६ रन खर्चिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत नेपालले आज सयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का