English

चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि



इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एकएक गोल गरे ।

यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ । अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

सिटीको सहज जित

रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।

जितपछि सिटीले उपापधि दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ । भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एकएक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११औं स्थानमा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested