English

ब्रह्माण्डसम्बन्धी रोचक तथ्य



ब्रम्हाण्डको निर्माणको बिग ब्याङ्ग थ्योरीलाई सबैभन्दा बढी स्वीकार गरिन्छ । यसमा पूरा ब्रह्माण्ड द्रव्य र ऊर्जाले बनेको भनिएको छ ।

– ब्रह्माण्डको सबै द्रव्य एउटा तातो गोलाको रूपमा थियो । करिब १३.७ अर्ब वर्ष अघि अत्यधिक दबाबका कारण यसमा बिग ब्याङ्ग अर्थात् महाविस्फोट भयो ।

– विस्फोटपछि सारा द्रव्य असङ्ख्य कणको रूपमा फैलियो, जुन लगातार फैलिरहेको छ । यी विस्फोटले ग्रह तारा बने ।

– ग्रह–ताराको अत्यधिक विशाल समूहलाई आकाशगङ्गा (ग्यालेक्सी) भनिन्छ । ब्रह्माण्डमा १९ अर्ब ग्यालेक्सी भएको अनुमान छ । एक ग्यालेक्सीमा अर्बौं आकाशीय पिण्ड हुन्छन् ।

– अनुमानका अनुसार आकाशगङ्गा करिब २.४० लाख किलोमिटर प्रति घण्टाको गतिले एक–अर्काबाट टाढा भागिरहेका छन् ।

– हाम्रो सौर्यमण्डल जुन आकाशगङ्गामा छ, त्यसलाई मिल्की वे भनिन्छ । यसको लम्बाई करिब एक लाख प्रकाश वर्ष छ । यसमा करिब १०० अर्ब तारा छन् ।

– प्रकाशले एक वर्षमा जति टाढा यात्रा गर्छ, त्यसलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटर यात्रा गर्छ ।

– मिल्की वेको तुलनामा हाम्रो सौर्यमण्डल एउटा टिकाको बराबर छ । मानिसले बनाएको उपग्रहमध्ये भोयजर–वानले मात्रै सौर्यमण्डल पार गरेको छ । यो २३ अर्ब किलोमिटर टाढा पुगिसकेको छ ।

यो पनि

पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी
वैज्ञानिकले बनाए यौन पासो, एकै दिनमा हजारौँ अरिंगाल जालमा !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested