English

पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी



हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रह्माण्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ ।

प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ ।

नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् ।

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ:

भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो । यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ हो । एक्सोप्लानेट हाम्रो सौर्यमण्डलभन्दा बाहिर हुन्छ । यसले सूर्यको साटो कुनै अन्य ताराको परिक्रमा गर्छन् । नासाले यसअघि पनि ९० को दशकमा करिब ३००० एक्सोप्लानेटको खोजी गरिसकेको छ ।

सबै ग्रह सौर्यमण्डल र ग्यालेक्सी बाहिर

यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ ।

यो पनि
आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन
वैज्ञानिकले बनाए यौन पासो, एकै दिनमा हजारौँ अरिंगाल जालमा !



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested