English

पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी



हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रह्माण्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ ।

प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ ।

नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् ।

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ:

भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो । यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ हो । एक्सोप्लानेट हाम्रो सौर्यमण्डलभन्दा बाहिर हुन्छ । यसले सूर्यको साटो कुनै अन्य ताराको परिक्रमा गर्छन् । नासाले यसअघि पनि ९० को दशकमा करिब ३००० एक्सोप्लानेटको खोजी गरिसकेको छ ।

सबै ग्रह सौर्यमण्डल र ग्यालेक्सी बाहिर

यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ ।

यो पनि
आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन
वैज्ञानिकले बनाए यौन पासो, एकै दिनमा हजारौँ अरिंगाल जालमा !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested