English

आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन



एप्पलले आफ्नो सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको एक हप्तापछि सामसुङले पनि नयाँ बजेट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ ।

एप्पलको आइफोन एसई फाइभ जीसँग मूल्य तथा डिजाइनमा समेत प्रतिस्पर्धा गर्नेगरी सामसुङले नयाँ ग्यालेक्सी ए ५३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए ५३ मा नयाँ क्वाड कोर क्यामरा सिस्टम, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिजाइन र फाइभ जी सपोर्ट रहेको छ । यसमा ६.५ इन्चको स्क्रिन तथा कम्पनीको एक्जीनोस फाइभ नानोमिटर प्रोसेसर रहेको छ ।साथै यसमा ब्याट्री क्षमता पनि उच्च रहेको र एकपटक चार्ज गरिसकेपछि दुई दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको छ ।

क्वाडकोर क्यामरा सिस्टम अन्तरगत एउटा ६४ मेगापिक्सेलको मूख्य क्यामरा छ भने सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ ।

इसको सुपथ मूल्यका कारण ग्यालेक्सी ए ५३ उपभोक्ताहरुको रोजाइमा पर्नसक्ने देखिएको छ । १२८ जिबी स्टोरेजवाला ए ५३ मोडेलको मूल्य ४४९ डलर तोकिएको छ जुन अघिल्लो मोडेलको भन्दा ५० डलर कम हो । जुन एप्पलको आइफोन एसइ फाइभ जी भन्दा ३० डलर सस्तो पर्दछ ।

स्मरण रहोस् एप्पलले आइफोन एस इ फाइभ जी को ६४ जिबी मोडेल पनि ल्याएको छ, जसको मूल्य ४२९ डलर छ । तर सामसुङले भने ए ५३ फाइभ जी मा ६४ जिबी मोडेल ल्याएको छैन ।

बजेट स्मार्टफोनको बजार समेत संतृप्त बनिसकेको बेला सामसुङ तथा एप्पलका स्मार्टफोनको मूल्ययुद्धमा सामसुङले बाजी मार्ने देखिएको छ । जसका कारण बजेट फाइभ जी स्मार्टफोनका उपभोक्ताहरूबीच ग्यालेक्सी ए ५३ पहिलो रोजाई बन्न सक्दछ ।

सामसुङका प्रिमियम ग्यालेक्सी एस तथा नोटका फ्लागसिप स्मार्टफोनले ए सिरिजका स्मार्टफोनलाई छायाँमा पार्दै आएको भएपनि महामारी पश्चात् विश्वको अर्थतन्त्र तहसनहस हुँदा ए सिरिजका बजेट स्मार्टफोनको माग बढेको छ । गतवर्ष विश्व बजारमा भएका स्मार्टफोन बिक्रिमा सामसुङका बजेट फोनको बाहुल्य रहेको थियो । सिएनएनबाट

यो पनि
युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested