English

आइफोनसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन



एप्पलले आफ्नो सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको एक हप्तापछि सामसुङले पनि नयाँ बजेट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ ।

एप्पलको आइफोन एसई फाइभ जीसँग मूल्य तथा डिजाइनमा समेत प्रतिस्पर्धा गर्नेगरी सामसुङले नयाँ ग्यालेक्सी ए ५३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए ५३ मा नयाँ क्वाड कोर क्यामरा सिस्टम, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिजाइन र फाइभ जी सपोर्ट रहेको छ । यसमा ६.५ इन्चको स्क्रिन तथा कम्पनीको एक्जीनोस फाइभ नानोमिटर प्रोसेसर रहेको छ ।साथै यसमा ब्याट्री क्षमता पनि उच्च रहेको र एकपटक चार्ज गरिसकेपछि दुई दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको छ ।

क्वाडकोर क्यामरा सिस्टम अन्तरगत एउटा ६४ मेगापिक्सेलको मूख्य क्यामरा छ भने सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ ।

इसको सुपथ मूल्यका कारण ग्यालेक्सी ए ५३ उपभोक्ताहरुको रोजाइमा पर्नसक्ने देखिएको छ । १२८ जिबी स्टोरेजवाला ए ५३ मोडेलको मूल्य ४४९ डलर तोकिएको छ जुन अघिल्लो मोडेलको भन्दा ५० डलर कम हो । जुन एप्पलको आइफोन एसइ फाइभ जी भन्दा ३० डलर सस्तो पर्दछ ।

स्मरण रहोस् एप्पलले आइफोन एस इ फाइभ जी को ६४ जिबी मोडेल पनि ल्याएको छ, जसको मूल्य ४२९ डलर छ । तर सामसुङले भने ए ५३ फाइभ जी मा ६४ जिबी मोडेल ल्याएको छैन ।

बजेट स्मार्टफोनको बजार समेत संतृप्त बनिसकेको बेला सामसुङ तथा एप्पलका स्मार्टफोनको मूल्ययुद्धमा सामसुङले बाजी मार्ने देखिएको छ । जसका कारण बजेट फाइभ जी स्मार्टफोनका उपभोक्ताहरूबीच ग्यालेक्सी ए ५३ पहिलो रोजाई बन्न सक्दछ ।

सामसुङका प्रिमियम ग्यालेक्सी एस तथा नोटका फ्लागसिप स्मार्टफोनले ए सिरिजका स्मार्टफोनलाई छायाँमा पार्दै आएको भएपनि महामारी पश्चात् विश्वको अर्थतन्त्र तहसनहस हुँदा ए सिरिजका बजेट स्मार्टफोनको माग बढेको छ । गतवर्ष विश्व बजारमा भएका स्मार्टफोन बिक्रिमा सामसुङका बजेट फोनको बाहुल्य रहेको थियो । सिएनएनबाट

यो पनि
युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था