English

बजेट कम : सजावट धेरै



सबैले आफ्नो घर सुन्दर होस् भन्ने चाहन्छन् । कहिलेकाही हामी आफ्नो आर्थिक स्थितिले गर्दा घरलाई सजाउन सक्दैनौँ । त्यसैले, आज हामी, सजिलो र सस्तो तरिकाले घर सजाउने उपायहरू लिएर आएका छौँ ।

कलर

घरलाई आकर्षक ढंगले सजाउनका लागि उपयुक्त कलरको छनोट गर्न सबैभन्दा गाह्रो निर्णय हो । बोल्ड वा नरम रङको प्रयोगले घरमा चमक थपिन्छ । साथै, भित्तामा कालो रङको पेन्टिङ गर्दा थप आकर्षक देखिन्छ ।

झ्यालको सजावट

घरलाई आकर्षक बनाउन झ्यालको सजावट धेरै आवश्यक हुन्छ । झ्यालको सजावट गर्न धेरै सहज छ । आकर्षक झ्यालबिना घर अधुरोे देखिन्छ । झ्यालमा पर्दाको छनोट गर्दा प्राकृतिक रेशम, सूती कपडा र कपासयुक्त गर्नुपर्दछ । पर्दाको छनोट गर्दा भित्तामा लगाइएको कलर, बेड, सोफाहरू तथा गलैँचाको कलरसँग मेलखाने हुनुपर्दछ ।

लाइट

आकर्षक लाइटिङले घरलाई निकै सुन्दर लुक्स दिन्छ । त्यसैले, डिजाइनर लाइट फिक्स्चर्स प्रयोग गर्दा तपाईंको घरमा अधिक सुन्दरता थपिन्छ । साथै, सस्तो मूल्यमा पनि झुमरु लाइट पाउन सक्नुहुन्छ । घरको सुन्दरतामा बत्तीको छनोट एकदमै महत्वपूर्ण मानिन्छ । अहिले धेरैले आफ्नो घरमा लाइटिङमा निकै ध्यान दिइएको पाइन्छ ।

सरसफाइ

घरलाई आकर्षक र सुन्दर देखाउने सबैभन्दा सजिलो तरिका सरसफाइ नै हो । घर दैनिक सरसफाइ गर्नुपर्छ । सामानहरू मिलाएर राख्नुपर्दछ । फर्निचर, झ्याल, ढोका, दराजलगायत सफा गरिरहनुपर्छ । जुत्ता र कपडाहरू मिलाएर राख्न सकिन्छ । घरमा नियमित सरसफाइले घरभित्र पस्दा फ्रेस महशुस हुन्छ ।

यो पनि…
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested