English

आईपुग्यो नथिङ फोन थ्रि ए



मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिक देखि प्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो । लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले
तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।


नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो । “ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन
ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।”
हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।

५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ को कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । ३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल
इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ । एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको वाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जिवि स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराईएको हो ।

फ्ल्यागसिप ग्रेडको परफरमेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सँधै नथिङ पर्दै आएको छ । यहाँ स्मरणीय छ, नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरि तिन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको शुरुवाती भेरियन्टको मूल्य ४८ हजार नौ सय उनान्सय रुपैंया तोकिएको छ ।



सम्बन्धित खबरहरु

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

Latest










Popular
Suggested