English

युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै



‘युट्युब दर्ता गर्न पाँच लाख रुपैयाँ’ चाहिने खबरले बजार तताइरहेको छ । आगामी दिनमा पाँच लाख रुपैयाँ तिरेर युट्युब च्यानल दर्ता गर्नुपर्छ ? भन्ने जिज्ञासा धेरैले व्यक्त गरिरहेका छन् ।

युट्युब दर्ता गर्न पाँच लाख रुपैयाँ तिर्नुपर्ने समाचार फैलिएसँगै वर्षौदेखि युट्युब सञ्चालन गर्दै आएका युट्युबरलाई झट्का लागेको छ । युट्युब दर्ता गर्न सरकारले कति रकम तोकिएको छ ? भन्ने यकिन जानकारी नहुँदा धेरै जनामा दुविधा उत्पन्न भएको छ ।

अहिले नेपालका जुनसुकै कुनामा भएका स–सानादेखि ठूला घटनामा युट्युबरहरूको प्रत्यक्ष संलग्नता देखिन्छ । युट्युब च्यानलले समाजमा अराजकता फैलाएको जनगुनासो बढ्दै गएको छ ।

विनोद प्रकाश सिंह
प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

युट्युब दर्ताकै लागि शुल्क तोकिएको छैन । युट्युबको व्यावसायिक प्रसारण, विज्ञापन प्रसारणमा भने शुल्क लाग्छ ।

युट्युब च्यानलका लागि बन्दै निर्देशिका

हालसम्म ओटीटी र भिओडीजस्ता सञ्चारमाध्यमहरू कानुनका दायरामा थिएनन् । यिनीहरूको दर्ता, नियमन, नियन्त्रण र राजश्व संकलन गर्ने उद्देश्यले राष्ट्रिय प्रसारण नियमावली (११औं संशोधन) गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता विनोद प्रकाश सिंह बताउँछन् ।

‘विगत सात महिनादेखि सम्बन्धित निकायहरूसँग छलफल गरेर नियमावली संशोधन गरिएको हो,’ प्रवक्ता सिहं सुनाउँछन्, ‘अर्थ तथा कानुन मन्त्रालयको सहमतिमा संशोधन भएर आएको नियमावली हो । विशेष गरेर ओटीटी र भिओडीअन्तगर्तबाट प्रसारण भइरहेका भिडियोलाई कानुनी दायरामा ल्याउने र राजश्व संकलन गर्ने उद्देश्यले नियमावली ल्याइएको हो ।’ ‘युट्युब’ ओटीटी र भिओडीअन्तर्गत नपर्ने र युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बनाइने उनले जानकारी दिए ।

उनका अनुसार युट्युब च्यानल सामाजिक सञ्जाल हो । निर्देशिका बनेपछि युट्युब च्यानल सञ्चालन र व्यवस्थापनबारे थप स्पष्ट हुनेछ । नियमावली संशोधन विशेष गरेर ओटीटी र भिओडीलाई लक्षित गरिएको छ । ओटीटी भनेको ‘ओभर द टप’ हो । ओटीटीअन्तर्गत नेटफिलिक्स, एमेजेन प्राइमजस्ता प्लेटफर्म पर्छन् । त्यस्तै, भिओडी भन्नाले ‘अन द डिमान्ड’ हो । भिओडीअन्तर्गत शृङ्खलाबद्ध रूपमा कार्यक्रम उत्पादन गर्ने, फिल्म निमार्ण गर्ने युट्युब च्यानलहरू पर्छन् ।

‘युट्युब च्यानलले पनि वार्षिक रूपमा वा नियमित रूपमा आफ्ना कार्यक्रम उत्पादन गरी प्रसारण गर्छन् भने नियमावलीमा उल्लेखित नियम लागू हुन्छ,’ प्रवक्ता सिंह भन्छन्, ‘तर युट्युब दर्ताकै लागि शुल्क तोकिएको छैन । युट्युबको व्यावसायिक प्रसारण, विज्ञापन प्रसारणमा भने शुल्क लाग्छ ।’ तर, कस्तो अवस्थामा शुल्क लाग्ने, राजश्व कसरी उठाउनेजस्ता विषय आगामी दिनमा बन्ने निर्देशिकाले निर्धारण गर्ने उनको तर्क छ ।

सरकारले नियमावलीअन्तर्गत ओटीटी र भिओडी भनेर परिभाषित गरेको छ । सोही परिभाषाअनुसार नियम लागू हुने हो ।

deepak  khanal
दीपक खनाल
प्रवक्ता , प्रेस काउन्सिल नेपाल

यस्तै, युट्युब च्यानलसँगै फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबर सामाजिक सञ्जालअन्तर्गत पर्छन् । यी सबै सामाजिक सञ्जाललाई दर्ता गरेर सञ्चालन गर्न असम्भव रहेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउँछन् ।

‘सामाजिक सञ्जाललाई दर्ता गरेर चलाउन असम्भव छ,’ प्रवक्ता दीपक भन्छन्, ‘सरकारले नियमावलीअन्तर्गत ओटीटी र भिओडी भनेर परिभाषित गरेको छ । सोही परिभाषाअनुसार नियम लागू हुने हो ।’ बाँकी युट्युब दर्तादेखि सञ्चालन प्रक्रियासम्बन्धी निर्देशिका बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

के छ नियमवालीमा ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली ११औं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युबलगायतका विभिन्न ’ओटीटी प्लेटफर्म’का साथै इन्टरनेटमार्फत नियमितरूपमा श्रव्य–दृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रूपमा परिभाषित गरेको छ ।

संशोधित नियमावलीको नियम २ को उपनियम २ मा गरिएको परिभाषाअनुसार कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनिएको छ भने त्यसले इन्टरनेटमार्फत अरू प्लेटफर्म माथिको भिडियो स्ट्रिमिङ सेवा समेतलाई जनाउने उल्लेख छ । त्यस्तै, इन्टरनेट मार्फत आफैंले उत्पादन गरी नियमितरूपमा श्रव्यदृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनको रूपमा परिभाषित गरेको छ ।

नियमावलीअनुसार अब आफैँले उत्पादन गरी प्रसारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर्षदेखि १८ वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ रेटिङ र १८ वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमका लागि ‘ए’ रेटिङ दिनुपर्न नियमावलीमा व्यवस्था गरिएको छ ।

यो पनि…
फन्दामा पर्दै युट्युबर…
युट्युब च्यानल दर्ता गर्न कति लाग्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,