English

फन्दामा पर्दै युट्युबर…



१३ माघमा सरकारले सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई कारवाहीको दायरामा ल्याउने घोषणा गर्यो । जसको सामान्य नागरिकदेखि सेलिब्रिटीसम्मले प्रशंसा गरे । उसो त घोषणा गरेको २० दिन नपुग्दै हिजो मंगलबार एक युट्युबर प्रहरीको फन्दामा परेका छन् ।

उनी हुन्– आकाश सेढाईं । ख्यालठट्टाका नाममा मानसिक हैरानी दिएको अभियोगमा आकाशलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । प्रचलित कानुनको बर्खिलाप गरी निजले ख्यालठट्टाका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले उनलाई जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ ।

पछिल्ला केही घटनाले प्रहरीले सामाजिक सञ्जाल विशेषगरी युट्युबतर्फ नजर लगाइरहेको प्रष्ट देखिन्छ । जसका लागि साइबर ब्युरो सक्रिय भएको छ ।

यो त भयो प्राङ्कको कुरा, गत असोजमा महिलाको चरित्रहत्या गर्ने गरि भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीले चारजना युट्युबरलाई पक्राउ गरी मुद्धा चलाएको थियो । उनीहरु थिए दैनिक खबर युट्युब च्यानलका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी पिंकला कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका रोधन तामाङ । त्यसो त पछिल्ला केही घटनाले प्रहरीले सामाजिक सञ्जाल विशेषगरी युट्युबतर्फ नजर लगाइरहेको प्रष्ट देखिन्छ । जसका लागि साइबर ब्युरो सक्रिय भएको छ ।

गृह मन्त्रालयले सार्वजनिक स्थलहरूमा छायांङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनियता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।

यो पनि…
अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested