English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१.मलेसियाको क्वालालम्पुरको बाहिरी क्षेत्रमा बाढीले क्षति गरेको घरबाट नवजात शिशुको सेनाले उद्धार गर्दै । 
२०. क्यालिफोर्नियास्थित समुन्द्र किनारमा ढुङ्गामा देखिएको क्रिसमस ट्री बत्ती ।
१९.फिलिपिन्सको एक गाउँमा आएको ‘टाई फुन राई’ आँधीले पुर्याएको क्षति ।
१८. थाइल्यान्डको समुन्द्रमा माछा मार्दै एक व्यक्ति र सूर्यास्तको दृश्य ।
१७.फ्रान्सस्थित शान्ता क्लज पहिरन लगाएका व्यक्ति प्याराग्लाइडिङ गर्दै ।
१६.नेदरल्यान्डमा जाडो माैसमकाे दृश्य । 
१५. अफगानिस्तानको सडकमा व्यापारी ।
१४. अफगानिस्तान बाल्खस्थित गाजर समात्न खाल्डो हाम फालेकी बालिका ।
१३. इजरायलको जेरुसेलमस्थित शान्ता क्लज लगाएर ऊँटमा सवार व्यक्ति । 
१२. श्रीलङ्काको कोलम्बो पोर्ट सिटीबाट देखिएको सूर्यास्त ।
११.  चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरू पानीबाट बाहिर निस्कने गर्दछन् ।
१०. भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै ।
९.तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुन पहरामा चट्टान आरोहण गर्दै ।
८.म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभूत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी ।
७.माई नगरपालिका–१ को बिहीबारेमा प्रथम तेह्र कुने सिमसार महोत्सव २०७८ मा बिहीबार  प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र कुमार राई ढोल बजाउँदै  ।
६.वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण  सम्पन्न पछि बिहीबार काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
५.मनाङमा चिसो बढेसँगै अधिकांश खोला नालाका पानी हिउँमा परिणत ।
४.पर्यटकीय गाउँ बागलुङ नगरपालिका–१० भकुन्डेबाट साँझपख देखिएको हिमशृङ्खला ।
३. बागलुङको जैमिनी नगरपालिका–३ दमेकस्थित पर्यटकीय स्थल गाँजा दह ।
२.उपल्लो डोल्पामा भारी हिमपात भएपछि शे–फोक्सुण्डो ताल आसपासको क्षेत्रमा चाँदी झैँ टलल टल्केको हिउँ ।
१. उपल्लो डोल्पामा परेको हिमपात छिचोल्दै तल्लो डोल्पा ल्याइँदै गरेका भेडा र च्याङ्ग्रा  ।

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested