English

गुगलले पनि लगायो विज्ञापनमा रुसमाथि प्रतिबन्ध



अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो ।

रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’ कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ ।

युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ । गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्नो सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ । यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् ।

यद्यपि, रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ । रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यो पनि
फेसबुकको पतन शुरु भएकै हो त ?
रूसले युक्रेनमा घातक बम प्रयोग गरेको नेटोको दाबी




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested