English

हाँस्दा जस्तै रुँदा पनि कोशिकाहरू सक्रिय



मानिसले रुँदै र हाँस्दै रुन सिक्नु पर्दैन यो स्वतः हुन्छ । हामी जब धेरै खुसी हुन्छौँ, त्यो बेला हाँस्दा धेरैपटक आँखाबाट आँसु आउँछ जसलाई खुसीको आँसु पनि भनिन्छ । यस्तो किन र कसरी हुन्छ ? जान्नुहोस् ।

वास्तवमा हाँस्नु र रुनु दुवै भावनाको अभिव्यक्ति हो । हाँस्दा आँसु आउनुको दुईवटा कारण छन् । पहिलो कारण, जब हामी खुलेर हाँस्छौँ तब अनुहारका ७८ प्रतिशत कोशिका अनियन्त्रित रूपमा काम गर्न थाल्छ । यस्तो हुँदा लक्रिमल ग्रन्थीबाट मस्तिष्कको नियन्त्रण हट्छ र आँसु निस्कन्छ ।

अर्काेतर्फ धेरै हाँस्दा अनुहारको कोशिकाहरूमा अतिरिक्त दबाब पर्छ, जसका कारण आँसु बाहिर निस्कन्छ । वास्तवमा यो सम्पूर्ण प्रक्रिया प्रत्येक मानिसहरूका लागि फरक हुन सक्छ । यो भावनामा भर पर्छ । साथै महिला वा पुरुष हुनाले पनि यो सम्पूर्ण प्रक्रियामा फरक पार्छ ।

रुँदा पनि कोशिकाहरू सक्रिय

बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्यान्डमा मनोवैज्ञानिक रोबर्ट प्रोभिनका अनुसार कम भावनात्मक हुनुमा हर्माेनको ठूलो भूमिका हुन्छ । रोबर्ट प्रोभिनका अनुसार हाँस्नमा सक्रिय हुने मस्तिष्कको भाग रुँदा ४३ प्रतिशत सक्रिय हुन्छ । लगातार हाँस्ने वा रोइरहँदा मस्तिष्कका कोशिकाहरूलाई बढी दबाब दिन्छ । यस्तो अवस्थामा शरीरमा ‘कोर्टिसोल’ र ‘एड्रेनालाइन’ नामक हर्माेन निस्कन्छ । यी हर्माेनहरू हाँस्दा वा रुँदा शरीरमा उल्टो प्रतिक्रियाका लागि जिम्मेवार हुन्छन् । रोचक कुरा खुसीको पहिलो आँसु दाहिने आँखाबाट र दुःखको पहिलो आँसु देब्रे आँखाबाट आउँछ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested