English

हाँस्दा जस्तै रुँदा पनि कोशिकाहरू सक्रिय



मानिसले रुँदै र हाँस्दै रुन सिक्नु पर्दैन यो स्वतः हुन्छ । हामी जब धेरै खुसी हुन्छौँ, त्यो बेला हाँस्दा धेरैपटक आँखाबाट आँसु आउँछ जसलाई खुसीको आँसु पनि भनिन्छ । यस्तो किन र कसरी हुन्छ ? जान्नुहोस् ।

वास्तवमा हाँस्नु र रुनु दुवै भावनाको अभिव्यक्ति हो । हाँस्दा आँसु आउनुको दुईवटा कारण छन् । पहिलो कारण, जब हामी खुलेर हाँस्छौँ तब अनुहारका ७८ प्रतिशत कोशिका अनियन्त्रित रूपमा काम गर्न थाल्छ । यस्तो हुँदा लक्रिमल ग्रन्थीबाट मस्तिष्कको नियन्त्रण हट्छ र आँसु निस्कन्छ ।

अर्काेतर्फ धेरै हाँस्दा अनुहारको कोशिकाहरूमा अतिरिक्त दबाब पर्छ, जसका कारण आँसु बाहिर निस्कन्छ । वास्तवमा यो सम्पूर्ण प्रक्रिया प्रत्येक मानिसहरूका लागि फरक हुन सक्छ । यो भावनामा भर पर्छ । साथै महिला वा पुरुष हुनाले पनि यो सम्पूर्ण प्रक्रियामा फरक पार्छ ।

रुँदा पनि कोशिकाहरू सक्रिय

बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्यान्डमा मनोवैज्ञानिक रोबर्ट प्रोभिनका अनुसार कम भावनात्मक हुनुमा हर्माेनको ठूलो भूमिका हुन्छ । रोबर्ट प्रोभिनका अनुसार हाँस्नमा सक्रिय हुने मस्तिष्कको भाग रुँदा ४३ प्रतिशत सक्रिय हुन्छ । लगातार हाँस्ने वा रोइरहँदा मस्तिष्कका कोशिकाहरूलाई बढी दबाब दिन्छ । यस्तो अवस्थामा शरीरमा ‘कोर्टिसोल’ र ‘एड्रेनालाइन’ नामक हर्माेन निस्कन्छ । यी हर्माेनहरू हाँस्दा वा रुँदा शरीरमा उल्टो प्रतिक्रियाका लागि जिम्मेवार हुन्छन् । रोचक कुरा खुसीको पहिलो आँसु दाहिने आँखाबाट र दुःखको पहिलो आँसु देब्रे आँखाबाट आउँछ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये