English

भावनात्मक सम्बन्धका लागि ‘सुहागरात’



विवाहपछि दुलहा र दुलहीको पहिलो रातलाई ‘सुहागरात’ भनिन्छ । यसलाई विशेष बनाउन जोडीको कोठा र ओछ्यानलाई विभिन्न फूल तथा बेलुनहरूले सजाइएको हुन्छ । भनिन्छ नि फूलहरूको सुगन्ध जस्तै आउने दिनहरूमा जोडीहरूको जीवन पनि मिठासले भरिन्छ ।

तर, केही मानिसहरूको भनाइमा पहिलो रातमा नै यौनसम्पर्क गर्न जरुरी छैन । दुई दिन वा दुई महिना लागे पनि तपाईंले आफ्नो पार्टनरलाई पहिले कम्फर्ट जोनमा राख्नुपर्छ ।

सुहागरातको दिन एक–अर्कालाई पूर्णरूपमा चिन्नुभएन भने भावनात्मक सम्बन्ध पनि कम हुन्छ । त्यसैले, सुहागरातको दिन शारीरिक सम्बन्ध राख्नुको सट्टा एक–अर्कालाई बुझ्नतर्फ ध्यान दिन आवश्यक छ ।

हनिमुनबारे के भन्छ कामसूत्र ?

पहिलो दिन सेक्स नगर्नुहोस् ।

कामसूत्रले हनिमुनको पहिलो दिन यौनसम्पर्क नगर्न सिफारिस गर्छ । किनभने पहिलो दिन दुलही र दुलाहा एक–अर्काका लागि अपरिचित भएको बताइएको छ । त्यसैले, एक–अर्कालाई चिन्ने समय खर्च गर्नुपर्छ ।

यौनसम्र्पकअघि एक–अर्कालाई बुझनुहोस् ।

घरमा आउने पाहुनालाई समय दिनु, उनीहरूसँग राम्रो व्यवहार गर्नु र घरायसी काममा सहयोग गर्नाले पनि एक–अर्कालाई बुझ्ने अवसर मिल्छ । यही समयमा एक–अर्काको व्यवहार जान्न पनि प्रयास गर्नुहोस् ।

एक–अर्काको मनपर्ने र नपर्ने कुरा बुझ्ने

विवाहको अर्थ पहिलो दिन यौनसम्पर्क गर्नु होइन । सबैभन्दा पहिले दुवैले एक–अर्कासँग समय बिताएर राम्रोसँग बुझ्नुहोस् । यसले तपाईको सम्बन्धलाई बलियो बनाउँछ । दुवैको शरीर मिल्नुअघि मन मिल्नु जरुरी छ ।

महिलाको विश्वास र प्रेमलाई जित्नुहोस् ।

महिलाहरूको विश्वास र माया जित्नको लागि, उसलाई बुझने, मिठो बोलीमा कुरा गर्ने, आत्मविश्वास जगाउने गर्नुपर्दछ । यसले उनीहरूको डर पनि क्रमशः समाप्त हुन्छ । श्रीमतीसँग समय बिताउने, उनीहरूलाई खुसी पार्ने काम गर्ने गर्नुपर्दछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested