English

मेलम्ची झैँ बगिरहेछ ङाजुको आँसु…



हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदोे बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्याँस पारेको भने छैन । बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ ।

करिब सय मिटर तल मेलम्ची बगिरहेको छ । यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ । पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची । छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले । हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पु¥यायो कुनै अत्तोपत्तो छैन । करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने । अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ ।

आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

बगरबीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो । घर पुरेको महिना दिन बढी बितिसकेको छ तर, उनी त्यो घर ठडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छिन् । ढलेको घर के उठ्थ्यो ? उठ्दैन । उनको मनले पत्याउन भने मानेको छैन । ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहानबेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ ।

आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको । कति मेहनतले सिंगारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन । ‘सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ’ आँसुका धारसँगै बग्छन् उनका शब्द पनि । कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई । मन नलागेपनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो ।

सात जनाको परिवार उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो । घर छेउमै धान कुट्ने मिल थियो । आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

‘एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्काे एउटा बगरमा पल्टिएर बसेको छ । मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बल्दै छ,’ आँसु पुछ्दै उनले दुःख सुनाइन् । मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो । अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन् ।

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो ।

परेको बेला अरुलाई सहयोग गर्ने ङाजु अचेल कसले दुइछाक टारिदेला भन्ने आशमा छिन् । कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए कि भन्ने आशले अगाडि पुग्छिन् । घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्बासी बनेका छन् । विपद्ले धनी गरिब नभन्ने रहेछ । जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ । बनाउन थालेका पनि छन् । जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ ।

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो । अघिल्लो दिन चामल अलिकति निकालेका थिए । मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टा¥यो ।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दैछन् । उनले थपिन्, ‘सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ । ’बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन । अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला । घरबाट खोला हेर्न सकिँदैन थियो । त्यहाँ ठूलो फाँट पनि थियो । सबै बगर बनेको छ । अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ । बाढी आएको दिन गाउँमा रोपाइँ थियो । ङाजु रोपाइँ सकेर घर फर्कदै थिइन् । उनका अनुसार आउँदाआउँदै उत्तिस लगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले । कहाँ के भयो ? केही पत्तो भएन । तर, एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ । अनि मान्छेको भागभाग भयो । बल्लतल्ल ज्यान जोगियो उनले सम्झिइन् ।

गणेश बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो । त्यसदिन खोला छेउका केही घर लग्यो । पछि १६ गतेदेखि परेको भिषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो । त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन् । सबै मेसमा खाना खान्छन् ।

। केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन् । ‘बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने,’ राम तामाङले भने । दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन् । केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

यसपाली औषतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा सुरु भएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल १ हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए ।

यसपाली मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो । अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ । उता हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कूल २ हजार १ सय रोपनी बढी जग्गा लगेको छ । बाढी, पहिरो र डुबानबाट यो वर्ष १ सय ३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन् ।

यो पनि पढ्नुहोस्:
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार
मेलम्चीको बाढीले थप तीन घर बगायो

मेलम्चीबासीको माग– अब चामल, चिउरा होइन घर बनाउने सहयोग चाहियो
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली