English

मेलम्चीबासीको माग– अब चामल, चिउरा होइन घर बनाउने सहयोग चाहियो



‘एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन’, मेलम्ची–११ का बाढीपीडित टासी लामा भन्छन्, ‘हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।’ यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उनको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ ।

लामाले ६ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुङ्गा, इँटा, खापासमेत नदेखिने गरी बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन ।

लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल सुरु गरेका थिए । आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा ऋण लिएर बनाएको घर क्षणभरमा नै बगर बनेपछि उनी अहिले घर न घाटको भएका छन् । उनले भने, ‘हामीले दुःख गरेर २६ वर्षमा बनाएको घर बगाउन २६ मिनेट पनि लागेन ।’

लामाले ६ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुङ्गा, इँटा, खापासमेत नदेखिने गरी बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन ।

खोला नजिकै घर भएकाले गत वर्षमा पनि उनको वर्षाको समय रातमा ब्याट्री लिएर खोला हेर्ने र हिमालका मान्छेसँग सम्पर्क गरेर बाढी आए नआएको बुझ्ने गर्थे । त्यो दिन पनि खोला सानो भए पनि धमिलो आएपछि उनले पहिले आफ्नो घर भएको ठाउँ पाँचपोखरी थाङपालका आफन्तलाई फोन गर्ने प्रयास गरे । दुई बजेबाट फोन गर्न प्रयास गरिरहँदा साँझ ५ बजे सम्पर्क भएर त्यहाँको गाउँ बगेको सूचना पाए । उनले भने, ‘हाम्रो त यहाँ घर बगिसक्यो आफू र परिवार सुरक्षित गर्नु भनेर मलाई खबर आएपछि घर छाड्न थाल्यौँ ।’

त्यो कुराकानीको आधा घण्टामा बाढी आएको थियो । हतारहतारमा उनले परिवार र आफन्तलाई घरबाट निकाले र सटर लगाएर आफू पनि निस्किए । त्यतिबेला आफू बाँचियो भने त्यही ठूलो कुरा भनेर उनलाई घरभित्रका सामानको कत्ति पनि लोभ लागेन । आफू मात्रै बाँच्नुभन्दा पनि सबैलाई बचाउनुपर्छ भनेर बजारमा सबैतिर हल्ला गर्दै कुदे । उनले भने, ‘हामी भाग्दै गर्दा खोलामा रुखका मुढा र लेदो आउन थालिसकेको थियो ।’

हतारमा घर छाडेर जाँदा घर र सामान केहीको मतलब नभए पनि अहिले उनी दैनिक बगरमा बदलिएको आफ्नो घर भएको जग्गामा पुग्छन् । हरेक दिनजसो कहिले डेक्ची, कराइलगायतका भान्साका फुटेको सामान भेटिएको लामा बताउँछन् । उनको घरसँगै जिन्दगीभरको कमाइले जोडेकोसम्पत्ति सुनचाँदी, पैसा सबै खोलाले बगाएर लगेको छ । जिजुबाजेका पालाको चिया खाने भाडा बगेर गयो । बन्दाबन्दी खुल्ने आशाले उनले चार पाँच लाख जतिको चाँदीको सामान र दुई लाखको समान थपेका थिए ।

भूकम्पमा ५० लाख रुपैयाँको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रँदै थिए । त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो ।

रासन त्यस्तै पाँच छ लाखको थपेका थिए । ‘अहिले जीउमा लगाएको लुगा र कुरा गर्दै भागेकाले एउटा सानो मोबाइल मात्रै बाँकी छ ।’ साँझ ५ः३० भागेर बजार नजिकै चोकमा गएर बसेका उनी त्यहाँ पनि खोला आउँछ भनेपछि इन्द्रेश्वरी मावि पुगे । रातभर जागै बसेर आफ्नो घरतिर हेर्दै थिए । रातिसम्म घरमा बाढी नै आए पनि उनलाई सबै लग्यो जस्तो लागेको थियो । उनले भने, ‘बिहान उठेर हेर्दा केही बाँकी रहेनछ, अहिले घर र केही बाँकी छैन भन्ने कुरा सपनाजस्तो लाग्छ ।’

भूकम्पमा ५० लाख रुपैयाँको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रँदै थिए । त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो । अहिले निषेधाज्ञा खुलेर पुनः व्यापार अघि बढाउन लाग्दा बाढीले बास र कमाइ खाने होटल दुबै बगायो । अहिले पीडित नागरिक र व्यापारीलाई सरकारले राजनीतिक रुपमा पूर्वाग्रह नराखी सहयोग गर्नुपर्ने उनको माग छ । बैंकमा ऋण गरेर व्यवसाय गरिरहेकालाई केही समयका लागि ब्याजमा सहजीकरण गर्नुपर्ने लामाले बताए ।

उनले भने, ‘सरकारले केही हेरिदिए हामी चिया पसल गरेर पनि बाँचेर परिवारलाई बचाउन सक्ने थियौँ ।’ मेलम्ची नगरपालिका–११ का रामेन्द्र श्रेष्ठको पनि घर र पाउरोटी कारखाना दुबै बाढीले बगायो । भूकम्पमा भत्किएपछि पुनः उनले चार वर्ष पहिले घर बनाएका थिए । उनको घर, पाउरोटी कारखाना र गाडी सबै बाढीले लग्यो । गाडी भेटिए पनि चल्ने अवस्थामा छैन । उनको ११ जनाको परिवार अहिले भाडामा बसेको छ । उनले भने, ‘त्यतिबेला बाँचिए त अरु जेसुकै होस् भन्ने लागेको थियो, अहिले खान लाउने कुरा पनि चाहिने रहेछ ।’

विगतमा पनि वर्षाको समयमा खोला कहिले बढ्ने, घट्ने हुन्थ्यो । यस वर्ष खोला धमिलिएको देख्दा पनि श्रेष्ठलाई यस्तो महामारी आउला भन्ने लागेको थिएन । खोला ठूलो आएपछि सुरक्षित ठाउँमा भाग्दा कुनैपनि सामान लैजान नसकेको बताउँछन् । केही दिनपछि भने कोट्याएर हेर्दा बिग्रिएको अवस्थामा कपडा र सामान भेटिएको थियो । आफूले लगाएको लुगा देखाउँदै भने, ‘भाग्दा लगाएको एक जोर मात्रै लुगा थियो यो लुगापछि भेटिएपछि धोएर लगाएको छु ।’

खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्ने उनको इच्छा छ ।

अहिले परिवारसहित बहालमा बसेका श्रेष्ठले सुत्नका लागि ओढ्ने ओच्छ््याउने सबै बाढीले बगाएको बताउँछन् । पुस्तौँदेखि त्यही ठाउँमा बस्दै आएका उनको घरमा भएका वस्तु र खेतबारी पनि बाढीले बगाएको छ । खेतमा अर्गानिक गोलभेँडा, खोसार्नी लगाइएको थियो । त्यो केही पनि बाँकी रहेन । ‘बाढीले नै १० वटा बाख्रा बगायो र १८ रोपनी खेतमा अहिले खोला बगिरहेको छ ।’

६० वर्षीय श्रेष्ठ आफ्ना बाबु र बाजेले पनि कहिल्यै यतिको क्षति गर्ने गरी बाढी आएको नभनेको बताउँछन् । ‘सानो बाढी आएर सानोतिनो क्षति भए पनि सिङ्गो बस्ती नै बगाएको यो नै पहिलो पटक हो,’ उनले भने ।

अहिले पनि खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्ने उनको इच्छा छ । मेलम्ची बजारलाई पुरानै स्वरुपमा फर्काउनुपर्ने उनको माग छ । ‘मेरो नातिले पनि हजुरबाको ठाउँ भनेर यहीँ बसोबास गरोस भन्ने इच्छा छ,’ उनी भन्छन् ।

घर पूरै बगाएर बगरमा परिणत भए पनि स्थानीयवासी दैनिकजसो नै आफ्नो जग्गामा पुग्छन् । तत्काल केही गर्न नसके पनि आफ्नो जग्गा हेरेर बसिरहेको ठाउँमा फर्कने गर्छन् । पहिलो, दोस्रो र तेस्रो तलासम्म खोलाको लेदो पसेका घर बजारमा धेरै छन् । नगरपालिकाले पहिलो तलासम्म बाढी पसेका घरलाई पूर्ण क्षतिग्रस्त घर मानेको छ ।

मेलम्ची–११ का कृष्णप्रसाद दुलालले घर बनाएको तीन वर्ष भयो । उनको घरको अगाडिको सडक लेदोले अग्लिएको छ । घरमा पहिलो तला लेदोले भरिएको छ भने दोस्रो तलामा पनि आधासम्म पूरै लेदोले भरिएको छ । उनी अहिले घरको दोस्रो तलामा रहेको माटो हटाएर सफा गर्न लागेका छन् । माथिल्लो तलामा सटर राख्न खोजिएको भए पनि ल्याएको सबै सामान बाढीले सबै बगाएको छ । उनले भने, ‘घर भए पनि माटोले भरिएको छ अहिले बहालमा बसिरहेको छु ।’

मेलम्ची बजारकै सावित्री श्रेष्ठको बजारमा नै भएका दुई वटै घरमा बाढी पस्यो । एउटा घर बनाइसकेर अन्तिम काम (फिनिसिङ्) समेत नसकिएको भए पनि बाढीले घर भरिएको छ । वर्षा सुरु हुनै लागेकाले त्योभन्दा पहिले नै सर्ने भनेर उनको परिवार जेठमा नयाँ घरमा सरेको थियो । त्यो घरमा बसेको नौ दिनमा नै बाढी आएर घर र त्यहाँ भएका सामान छाडेर भाग्नुप¥यो ।

दिनहुँ प्राप्त हुने चामल चिउरा भन्दा पनि स्थायी रुपमा घर बनाउन मिल्ने सहयोगको उनीहरुले अपेक्षा गरेका छन् ।

त्यो रात बजारका सबैजस्तै उनी पनि भोकै जाग्राम रहिन् । बिहान हेर्दा दुई घरमध्ये नयाँ घरको दुई तलासम्म र अर्काे घरको एक तला पुरिएको देखिन् । ती घरमा बहाल रहेका पसलका प्रायः सबै सामान बगायो र बचेका सामान पनि पुरिएर काम नलाग्ने बनाएको छ । बाढी आएको हल्ला आएपछि घरको सामानभन्दा पनि कसरी बाँच्ने र सन्तान बचाउने भन्ने चिन्ता भएको उनले बताइन् । ‘हतारिएर भाग्दा केही सामान पनि साथमा लगिएको थिएन’, उनले भनिन् , ‘अर्काे दिन छोराको औषधि छुटेको थाहा भएपछि आर्मीले झिकिदिएका थिए ।’

यतिखेर उनीहरु घरबारबिहीन छन् तर दाताहरुको सहायताले भोकै बस्न भने परेको छैन । राहत दिन जानेहरु दिनदिनै भेटिन्छन् । यसले मात्र उनीहरुको मनको घाउ निको हुनसकेको छैन । वर्षातको समय छ बास कसरी बनाउने भन्ने नै उनीहरुको समस्या हो । त्यसैले दिनहुँ प्राप्त हुने चामल चिउरा भन्दा पनि स्थायी रुपमा घर बनाउन मिल्ने सहयोगको उनीहरुले अपेक्षा गरेका छन् ।

यहाँ असार १ गते आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको र २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका गरी ४ सय ५० परिवार प्रभावित बनेका छन् । मेलम्चीका १ सय ७६ परिवार विस्थापित भएका छन् । मेलम्चीमा आएको बाढीका कारण यहाँका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका प्रभावित बनेको थियो भने याङ्ग्री नदीका कारण पाँचपोखरी, थाङपाल गाउँपालिका प्रभावित बनेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested