English

मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)



‘नपाएको कुरा कसरी पाएँ भनौं र हजुर ! ८ दिन भइसक्यो एक बोरा चामल, १ पोको नुन-तेल सम्म पाएको छैन ।’ गहभरी आँसु पार्दै मेलम्चीकी बाढी पीडित गोपिनी रसाइली यही गुनासो गर्छिन् । इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले घरखेत सबै बगर बनायो । अहिले इन्द्रेश्वरी स्कुलमा नगरपालिकाले सञ्चालन गरेको भान्सामा बिहान बेलुका पेट भर्न पाएकी छिन् । तर, पीडितका लागि आएको राहत नपाएकोमा उनी दुःखी छिन् ।

‘त्रिपाल, उड्ने ओछ्याउने आएको छ भन्ने सुनेको छु तर हामीले पाएका छैनौं,’ गोपिनी भन्छिन्, ‘त्यो दिए पनि त हामी कतै सुरक्षित ठाउँमा गएर बस्थ्यौं नि ।’

‘बिहान बेलुका खान त दिएका छन्,’ उनी भन्छिन्, ‘तर, हाम्रा लागि भनेर आएको राहत कहाँ गयो, कि कसले राखेको छ थाहा छैन ।’ बाढी आउँदा गोपिनीको सबै परिवार घरभित्रै थिए । माथिबाट गाउँलेले छानोमा ढुंगा हानेर भाग,भाग….भन्ने आवाज सुनेपछि केही नसोची दौडिए । छिनभरमै घरमाथिबाट खोला हिड्न थाल्यो ।

आरनमा काम गरेर घरपरिवार चल्दै आएको रसाइलीको परिवार यतिबेला इन्द्रेश्वरी स्कुलको चिसो भुइँमा रात कटाइरहेको छ । यदि पीडितका नाममा आएको राहत सामग्री पाए कतै सुरक्षित ठाउँमा त्रिपाल हालेरै भएपनि बस्ने उनको सोच छ । तर, नगरपालिकाले जो पीडित हो उसलाई राहत नबाडेको उनको गुनासो छ । ‘त्रिपाल, उड्ने ओछ्याउने आएको छ भन्ने सुनेको छु तर हामीले पाएका छैनौं,’ उनी भन्छिन्, ‘त्यो दिए पनि त हामी कतै सुरक्षित ठाउँमा गएर बस्थ्यौं नि ।’

यो गुनासो गोपिनीको मात्र होइन । यतिबेला विभिन्न संघसंस्था तथा व्यक्तिहरुले मेलम्ची बाढी पीडितको नाममा आएको राहत पारदर्शी ढंगले वितरण नभएको भन्ने गुनासो धेरैको छ । बाढी पीडित लक्ष्मण गौतम विभिन्न स्थानबाट आएको राहत नगरपालिकाले सेनाको व्यारेकमा लगेर थुपारेको तर, अहिलेसम्म नबाँडेको बताउँछन् । ‘हामीले अहिलेसम्म राहत पाएका छैनौं,’ उनले भने, ‘पहुँच हुनेलाई मात्र नगरपालिकाले बाँडेको छ तर, जो पीडित हो उसले अहिलेसम्म राहत पाएको छैन ।’

मेलम्ची नगरपालिकाकी उप–प्रमुख भगवती नेपाल अहिले नगरपालिकाले खाना खुवाइरहेकाहरुलाई राहत नदिएको बताउँछिन्

यस्तै, बाढी पीडित सुन्दिपकुमार श्रेष्ठ मेलम्चीमा थुप्रै राहत आएको छ तर, अहिलेसम्म नपाएको बताउँछन् । ‘मेलम्चीमा आएको राहत पारदर्शी ढंगले वितरण गर्ने हो भने सबै पीडितलाई पुग्छ,’ उनले भने, ‘तर, नगरपालिका राहत नबाँडेर रमिता हेरेर बसिरहेको छ ।’

राहतको कुरा त एकातिर छ तर, बाढीले घर पुरेका मानिसहरु कस्तो अवस्थामा बसेका छन् ? के खाएका छन् ? उनीहरुको अवस्था के छ भन्ने बारेमा नगरपालिकाबाट चासो नदेखाइनुले पीडित झनै दुःखी भएको उनी सुनाउँछन् । ‘एकपटक के छ भनेर सोधेको भएपनि अलिकति मन रहन्थ्यो,’ उनी भन्छन्, ‘अर्बौंको क्षती भइसक्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरु पीडितसामू आएका छैनन् ।’

मेलम्ची नगरपालिकाकी उप–प्रमुख भगवती नेपाल अहिले नगरपालिकाले खाना खुवाइरहेकाहरुलाई राहत नदिएको बताउँछिन् नगरपालिकाको तर्फबाट खाना खाइरहेकाहरुलाई राहत दिएका छैनौं,’ उनी भन्छिन्, ‘यहाँ खाना नखाने र आफैं बासस्थान व्यवस्थापन गरेर बसेकालाई हामीले राहत दिएका छौं ।’

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।

बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
चुरेको दोहन होइन संरक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली